जलढाका नदीमा भारी कटान, सयौं बिघा जग्गा खोलाले ढाकेपछि जनता आन्दोलनमा

जलढाका नदीको पानीको सतह बढेपछि धेरै बिघा कृषि र आवासीय जमिन नदीमा डुबेको छ। डुअर्सको जलढाका लगायतका विभिन्न नदीको कटानका कारण सयौं बिघाहा जमिन खोलामा डुबेको स्थानीयको भनाइ छ । म्यानागुरी क्षेत्रको जलढाका नदी किनारमा बसोबास गर्ने सयौं किसान परिवार खोलाको कटानका कारण असहाय बनेका छन् । यहाँ भुमि रक्षा समितिका सदस्यहरुले तत्काल बाँध संरक्षण र पीडितहरुको स्थायी पुर्नस्थापनाको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

शुक्रबार सबैले जलपाईगढी सिंचाई विभागको कार्यालयमा धर्ना सुरु गरेका छन् । भूमि रक्षा समितिका सचिव सुमित अधिकारीले हाम्रो जमिन हरेक पल नदीमा डुबिरहेको बताए ।

हामी पूर्ण रूपमा असहाय छौं। नदीको तत्काल संरक्षण र स्थायी पुनर्स्थापनाको माग गर्दै हाम्रो आन्दोलन जारी रहनेछ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *