आईटीसी मङ्गलदीपद्वारा ‘दिल से करो बात, भगवान के साथ’ अभियान शुरू

भारतको अग्रिम मोमबत्ती ब्राण्ड आईटीसी मङ्गलदीपले व्यक्ति र परमात्मा बीचको सम्बन्धलाई व्याख्या गर्दै ‘दिल से करो बात, भगवान के साथ’ नारामा अभियान शुरू गरेको दावी गरेको छ।

यस अभियानको उद्देश्य पारम्पारिक परिवेशबाहिर ईश्वरीय उपस्थितिको धारणालाई पुनः परिभाषित गर्ने रहेको प्रमुख कार्यकारी गौरव तायलले बताएका छन्।

यस अभियानले तमिलनाडु, आन्ध्र प्रदेश, पश्चिम बङ्गाल, अरुणाचल प्रदेश र केरल भरिका दर्शकहरूमाझ सोशल मीडिया र प्रभावकारी संलग्नतालाई पनि बढावा दिने कम्पनीको दावी छ।