गान्तोकमा साझा लगानीकर्ता सेवा केन्द्र सञ्चालन गर्दै एनएसई

सेबी, एनएसई अनि बीएसईले सिक्किमको धितो बजारहरूमा लगानीकर्ताहरूलाई सेवा दिनको निम्ति गान्तोकमा एक लगानी सेवा केन्द्र स्थापित गरेको छ।

एनएसईद्वारा प्रबन्धित केन्द्रले सेबी स्कोर पोर्टल र स्मार्ट ओडीआर पोर्टलमा प्रश्न समाधान, उजुरी समाधान र गुनासो दर्ता गर्न सहयोग प्रदान गर्नेछ। एनएसईका प्रबन्धन निदेशक एवं प्रमुख कार्यकारी अधिकारी आशीषकुमार चौहानले यस केन्द्रले सूचीबद्ध कर्पोरेट संस्थानहरू अनि पञ्जीकृत मध्यस्थहरू विरुद्ध लगानीकर्ताहरूका गुनासोहरूलाई सह्माल्ने घोषणा गरेका छन्।

केन्द्रले लगानी-सम्बन्धित उत्पादनहरूमा शिक्षण सत्रहरू पनि प्रदान गर्नेछ र राज्यहरूमा लगानीकर्ता जागरूकता कार्यक्रमहरू आयोजन गर्नेछ।