भारतीय सेनाप्रमुख जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच रिपोर्ट सार्वजनिक

भारतीय सेनाको सर्वोच्च अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनाबारे जाँच गर्न गठित जाँच कमिटीले आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा भारतीय वायु सेनाले जनरल विपिन रावतको मृत्यु जुन हेलिकप्टर दुर्घटनामा भयो त्यसमा कुनै षड्यन्त्र वा लापरवाही नभएको बताएको छ ।

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल रावतको ८ डिसेम्बरमा एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । जनरल रावत गोर्खा रेजिमेन्टको प्रतिनिधित्व गर्दै सेनाको सर्वोच्च पदमा पुगेका थिए । भारतीय सेनामा गोर्खा रेजिमेन्ट नेपाली युवाहरुको प्रतिनिधित्वको लागि परिचित छ । जनरल रावत भारतको उत्तराखण्डको गढवालका थिए जुन क्षेत्र एक समय नेपालको थियो ।

यो दुर्घटनामा सीडीएस जनरल रावत, उनकी पत्नी सहित १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भारतीय सेनाका कैयौं अधिकारीहरु समेत थिए । वायुसेनाले दुर्घटना ‘कुनै यान्त्रि विफलता, षड्यन्त्र वा लापरवाहीका कारण नभएको’ पाइएको बताएको छ । समाचार एजेन्सी एएनआइका अनुसार भारतीय वायु सेनाको ट्राइ सर्भिसेज कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक जाँचमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको बताएको छ ।

एयरफोर्सका अनुसार मौसममा आएको अचानक परिवर्तनका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ । आफ्नो निष्कर्षको आधारमा कोर्ट अफ इन्क्वायरीले केही सिफरिस गरेको छ जसको समीक्षा भइरहेको छ । ८ डिसेम्बर २०२१ मा भएको शेलिकप्टर दुर्घटनामा सीडीएस रावत सहित १३ जनाको मृत्यु भएको थियो । यसमा ग्रुप क्याप्टेन वरुण सिंह गम्भीर रुपमा घाइते भएका थिए । उनको १५ डिसेम्बरमा अस्पतालमा मृत्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *