मारुती सुजुकीले नयाँ अल्टो के१० ल्याएको छ

मारुती सुजुकी इण्डिया लिमिटेडले नयाँ अल्टो के१० लण्च गर्ने घोषणा गरेको छ। नयाँ अल्टो के१० अब नयाँ एक्सटीरियर, फराकिलो इन्टीरियर, एनहान्स्ड परफरमेन्स र आराम, सुरक्षा, सुविधा र कनेक्टिभिटी सुविधाहरूको साथ उपलब्ध छ। #इण्डियाकीचलपड़ी ट्यागलाइनको साथ लण्च गरिएको, नयाँ अल्टो के१० स्टाइलमा टेक-अफ गर्न तयार छ। नयाँ अल्टो के१० सुजुकीको प्लेटफर्म, पावरट्रेन र टेक्नोलोजी प्रयोग गरेर भारतमा अवधारणा, डिजाइन र विकास गरिएको छ।

थप शक्तिशाली र कुशल नेक्स्ट-जेन के-सीरीज १.०एल ड्यूल जेट, डुअल भीभीटी इन्जिन, फराकिलो केबिन, आधुनिक सुविधाहरू, समसामयिक डिजाइन र विश्वस्त गतिशीलताको साथ, नयाँ अल्टो के१०ले दिनहुँ शहरी जीवनमा उत्पन्न हुने धेरै आवश्यकताहरू पूरा गर्दछ।

नयाँ अल्टो के१० को परिचय दिँदै, श्री हिसाशी ताकेउची, प्रबन्ध निर्देशक र सीईओ, मारुति सुजुकी इण्डिया लिमिटेडले भने, “हामी विश्वस्त छौं कि नयाँ अल्टो के१० ले सेग्मेन्टलाई पुन: उर्जा प्रदान गर्नेछ र यसको युवा अपीलले समकालीन र ग्राहकको अपेक्षाहरू पार गर्नेछ। ” नयाँ अल्टो के१० ३ नयाँ कलर विकल्पहरू- सिजीलिङ रेड, स्पीडी ब्लू र अर्थ गोल्ड सँग ६ कलरहरूमा उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *