भारत र अमेरिकाबीच सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिखेर अमेरिकामा छन् शुक्रबार प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा भेटेका थिए । यस दौरान दुई देशबीच द्विपक्षीय | वार्ता सुरु हुनुभन्दा पहिले एक निकै | रोचक घटना भयो । जब दुई शीर्ष नेताहरु भेटे, राष्ट्रपति बाइडेनले प्रफुल्ल एक हल्का अन्दाजमा भन, भारतसँग आफ्नो कुनै पारिवारिक सम्बन्ध हुनसक्छ |बाइडेनले भने, जब उनी पहिलो पटक अमेरिकी सीनेटका लागि चुनिएका थिए, तब उनले | भारतको मुम्बईबाट एक पत्र प्राप्त | गरेका थिए । त्यस पत्रमा प्रेषकको | उपनाम (थर) पनि बाइडेन नै थियो । तर त्यसपछि उनलाई यसबारे थप जान्ने मौका मिलेको थिएन । जब बाइडेन अमेरिकाको उपराष्ट्रपति बने उनी भारतको भ्रमणमा गएका थिए । यस क्रममा, भारतीय मिडियाले | बाइडे नलाई उनका भारतीय | नातेदारहरुको बारेमा सोधेका थिए । | तब बाइडेनले मिडियाहरूलाई त्यो पत्रको बारेमा बताए ।
त्यसको भोलिपल्ट भारतीय प्रेसले उनलाई बतायो कि भारतमा केही बाइडेनहरु छन् । राष्ट्रपति बाइडेनले मोदीसँग भने, ‘जे होस्, हामीले यसलाई कहिल्यै स्वीकारेनौं मैले थाहा पाएको छु कि त्यहाँ एकपटक क्याप्टेन जर्ज बाइडेन थिए, जो भारतमा ईस्ट इंडिया टी कम्पनीमा थिए ।’ बाइडेन ईस्ट इन्डिया कम्पनीको हवाला दिँदै थिए, जुन कम्पनीले औपनिवेशिक भारत र दक्षिणपूर्वी एशियाका धेरै भागहरुमा व्यापारमाथि नियन्त्रण कायम गरेको थियो ।
बाइडेनले प्रायः आफ्नो आयरिश वंशावलीको बारेमा बोल्ने गरेका छन्। यसैक्रममा उनले भने, ‘एक आयरिश मानिसको लागि ब्रिटिश सम्बन्ध स्वीकार गर्न धेरै गाह्रो छ ।’ बाइडेनले भारतीय जनताको अगाडि यो सम्बन्धको बारेमा यसअघि पनि बताइसकेका छन् । तर उनले यसपटक फेरि भने, क्याप्टेन बाइडेन भारतमा थिए र एक भारतीय महिलासँग बिहे गरेर बसे सायद । यद्यपि राष्ट्रपति बाइडेनले क्याप्टेन बाइडेनका बारेमा थप विवरण दिन सकेनन् ।
उनले मजाकमा नै मोदीसँग भने- वाशिंगटनमा मोदीले मलाई यसको बारेमा थप बुझ्न मद्दत गर्नेछन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भने, उनले यसबारे केही कागजातहरु ल्याएका छन्, जसले मुम्बईसंग राष्ट्रपति बाइडे नको सम्बन्धलाई थप प्रकाश पार्नेछ । बाइडेनले मजाक गर्दै प्रम मोदीलाई सोधे, ‘के हामी आफन्त हाँ ?’ प्रधानमन्त्री मोदीले पुष्टि गरे, ४६ औं अमेरिकी राष्ट्रपति बाइडेनको भारतीय उपमहाद्वीपसँग पारिवारिक सम्बन्ध छ । मोदीले बाडेनलाई भने, ‘हामी यस सवाललाई अगाडि बढाउनेछौं।
हुनसक्छ, यी कागजातहरु तपाईको लागि उपयोगी नै हुनेछन् । यसका अतिरिक्त राष्ट्रपति बाइडेनले भने, ‘हाम्रो साझेदारी हामी जे गछौँ त्यो भन्दा ठूलो छ। यो हामी को हौं भन्नेबारेमा छ। हाम्रो लोकतान्त्रिक मूल्य, हाम्रो विविधता र पारिवारिक सम्बन्ध, जसमा ४० लाख भारतीय अमेरिकीहरु सामेल छन्, तिनीहरुले अमेरिकालाई थप बलियो बनाउनेछन् । अन्तमा राष्ट्रपति बाइडेनले अर्को हप्ता आउन लागेको महात्मा गान्धीको जन्मजयन्तीप्रति लक्षित गर्दै भने, ‘गान्धीको अहिंसा र सहिष्णुताको सन्देश पहिलेभन्दा अझ धेर सान्दर्भिक भएका|