कुनएपले तपाइकाके-के व्यक्तिगत सूचना लिन्छन ? हेर्नुहोस् सूची

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्रामलगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिकजीवनकाअभिन्नअंगभइसके । यीएपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।

एप इन्स्टल गर्नेबेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांशप्रयोगकर्ताले पढ्दैनन् । जसकाकारण आफ्नाकुनकुनब्यक्तिगत सूचनातीएपहरुले संकलन गरेका हुन्छन र त्यस्ता सूचना तेस्रो पक्षलाई बिक्रि हुन्छन वाहुँदैनन् भन्ने बिषयमाजानकार हुँदैनन् ।

हालै ह्वाट्सएपले गरेको नीतिगत संसोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमाआमप्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँनीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाइहाम्रानिकै धेरै सूचनाहरु संकलनगर्नेरहेछ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताकानिजी सूचना संकलन गरेको खुलेपछि सिग्नललगायतकाएपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्रप्रयोगकर्ताका सूचना लिन्छन् ।

एप स्टोरमाउपलब्ध सूचनाहरुको बिश्लेषण गर्दा प्रयोगकर्ताकानिजी सूचना संकलनमा ह्वाट्सएप सवैभन्दा अगाडी देखिएको छ । त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नलएपले प्रयोगकर्ताको मोबाइलनम्बरबाहेक कुनै पनि सूचनालिने नगरेको पाइएकोछ ।

एपहरुले कुनकुनबिबरण संकलन गर्छन भन्ने कुरा तीएपको गोपनीयतासम्बन्धीनीतिमाउल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांशप्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।

यहाँ फेसबुकम्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगतविवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ ।

ह्वाट्सएपले तपाइकायीबिबरण संकलन गर्छ

  • डिभाइस आईडी
  • प्रयोगकर्ताको आईडी
  • एडभर्जाइजिङ डेटा
  • पर्चेज हिस्ट्री
  • लोकेसन
  • फोन नम्बर
  • इमेल
  • कन्ट्क्याक्टमा सेभ गरिएकाफोन नम्बरहरु
  • भुक्तानीको विवरण
  • क्र्यास डेटा
  • ग्राहक सेवा
  • प्रयोगकर्ताले प्रयोग गरेको अन्यजानकारी

फेसबुकम्यासेन्जरले तपाइको मोबाइलबाट यीबिबरण संकलन गर्छ

  • किनमेलको इतिहास
  • अन्यवित्तियविवरण
  • लोकेसन
  • ठेगाना
  • इमेल
  • नाम
  • फोन नम्बर
  • कन्ट्याक्टमा सेभ गरिएकाअन्यप्रयोगकर्ताकाबिबरण
  • फोटो वा भिडियोहरु
  • गेमहरुको विवरण
  • प्रयोगकर्ताकाअन्यविवरण
  • खोजीको इतिहास
  • ब्राउजिङ हिस्टि्र
  • युजर आईडी
  • डिभाइस आईडी
  • एड्भार्टाइजिङ डेटा
  • प्रयोगगरिएको अन्य डेटा
  • क्र्यास डेटा
  • स्वास्थ्य
  • फिटनेस
  • भुक्तानीको विवरण
  • अडियो डेटा
  • गेमएपहरुको बिबरण
  • आइम्यासेज
  • फोन नम्बर सर्च हिस्टि्र
  • डिभाइस आइडी

टेलिग्राम

  • कन्ट्याक्ट विवरण
  • व्यक्तिगतविवरण
  • युजर आईडी

सिग्नल

सिग्नलएपले तपाइकाकुनै पनिब्यक्तिगतबिबरणहरु लिँदैन । उसले लिने भनेकै तपाइको फोन नम्बरमात्रहो, तर त्यसलाई तपाइको पहिचानका रुपमा स्टोर गर्दैन । यहीकारण पछिल्ला दिनमागोपनियतामा संवेदनशीलप्रयोगकर्ताहरुले ह्वाट्सएप छाड्दै सिग्नलएपप्रयोग गर्न थालेका छन् ।

भाइबर

भाइबरले पनितपाइको मोबाइलको डिभाइस आइडी, लोकेशन, फोन नम्बर, युजर आईडी, इमेल आईडी, नाम र मोबाइलमा सेभ गरिएकाफोन नम्बरहरु तपाइको मोबाइलबाटतानेर सर्भरमा सेभ गरेको हुन्छ । यस्ता डाटाहरु बिभिन्न बिज्ञापनदातालाई दिई सोहीअनुसार तपाइको भाइबर एपमा बिज्ञापन देखाउने गर्छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *