टोयोटा किर्लोस्कर मोटरद्वारा आकर्षक डिजाइन अनि 19 प्रिमियम फिचरहरूसहित इनोभा हाईक्रसको एक्सक्लुसिभ संस्करण आरम्भ

ग्राहक प्रथममा भन्ने दर्शनमा अडिग रहँदै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज इनोभा हाईक्रसको जेडएक्स (ओ) ग्रेडमा आधारित एक्सक्लुसिभ संस्करण सार्वजनिक गरेको छ। इनोभा हाईक्रसको सफलतालाई थप उँचाइमा पुर्‍याउने यस नयाँ संस्करणमा विशिष्ट स्टाइलिङ र उच्च स्तरीय क्याबिन अनुभव समावेश गरिएको छ:

A. डुअल टोन एक्स्टेरिअर

• ब्ल्याक एलिमेण्ट्स

o रूफ

o फ्रण्ट ग्रिल

o रिअर गार्निश

o एलोय ह्विल्स

o हुड इमब्लेम

  • फ्रण्ट अण्डर रन
  • फ्रण्ट ग्रिल गार्निश
  • ह्विल आर्क मोल्डिङ
  • आउटसाइड रिअर भ्यु मिरर (ओभीआरएम) गार्निश
  • एक्स्क्लुसिभ ब्याज
  • रिअर अण्डर रन
  • रिअर डुअर क्रोम लिड गार्निश

B. डुअल टोन इण्टेरिअर

  • इन्स्ट्रुमेण्ट प्यानल
  • डुअर फ्याब्रिक
  • सिट म्याटेरिअल
  • सेण्टर कन्सोल लिड
  • एयर प्युरिफायर
  • लेग रूम ल्याम्प
  • वायरलेस चार्जर

देशभरि एक लाखभन्दा अधिक ग्राहकहरूद्वारा विश्वास गरिएको इनोभा हाईक्रसले यसको भव्यता र कार्यक्षमताको अद्वितीय संयोजनबाट सबैलाई प्रभावित पारिरहेको छ। चालकको पहिचानजस्तै प्रत्येक यात्रा विशेष बनाउने उद्देश्यमा तयार पारिएको जेडएक्स (ओ)-को एक्सक्लुसिभ संस्करण मई 2025 देखि जुलाई 2025 सम्म सीमित सङ्ख्यामा सुपर ह्वाइट र पर्ल ह्वाइट रङ्गमा उपलब्ध हुनेछ।

उद्घाटन अवसरमा टोयोटा किर्लोस्कर मोटरका भाइस चेयरम्यान (सेल्स-सर्भिस-युज्ड कार बिजिनेस) श्री वरिन्दर वाधवाले भने, “इनोभा हाईक्रसले सधैँ एसयूभीको अनुपात र आत्मविश्वासका साथ एमपीभीको फराकिलोपन प्रस्तुत गर्दै ग्राहकहरूबाट प्रशंसा पाउँदै आइरहेको छ, जसप्रति हामी अत्यन्त कृतज्ञ छौँ। आज जेडएक्स(ओ) मा आधारित इनोभा हाईक्रसको एक्सक्लुसिभ संस्करण प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौँ, जुन हाम्रा विवेकी ग्राहकहरूको बढ्दो आकाङ्क्षालाई ध्यानमा राखी तयार गरिएको हो। यो विशेष संस्करण टोयोटाको विशेषता र उत्कृष्ट ग्राहक अनुभवको प्रतिविम्ब हो।

यस संस्करणमार्फत हामी मूल्यमा वृद्धि मात्र होइन प्रयोगमा सहजता ल्याउने फिचरहरू पनि थप्दैछौँ जसले इनोभा हाईक्रसको बहु-उपयोगी विशेषतालाई अझ दह्रो बनाउनेछ साथै आरामदायी, थकानरहित यात्रा चाहने परिवारका लागि उत्तम वाहन हुनेछ।”

2022 को नोभेम्बरमा आरम्भ भएदेखि नै इनोभा हाईक्रस टोयोटाको गुणस्तर, टिकाउपन र विश्वासनीयताको प्रतीकका रूपमा ग्राहकहरूबीच लोकप्रिय बन्दै आइरहेको छ। पाँऔँ पुस्ताको सेल्फ-चार्जिङ स्ट्रङ हाइब्रिड इलेक्ट्रिक सिस्टम र आधुनिक टोयोटा न्यू ग्लोबल आर्किटेक्चर (टीएमजीए) मा आधारित यस वाहनमा 2.0 लिटर 4-सिलिण्डर पेट्रोल इञ्जिन र ई-ड्राइभ सिक्वेन्सियल सिफ्ट जड़ान गरिएको छ जसले 137 किलोवाट (186 पीएस) पावर प्रदान गर्छ र उत्कृष्ट माइलेज सुनिश्चित गर्दछ। यस हाइब्रिड प्रणालीले 60% समयसम्म वाहनलाई इलेक्ट्रिक मोड (ईभी) मा सञ्चालन गर्न सक्षम बनाउँछ जसले ग्राहकहरूलाई ऊर्जा-दक्षता, पावर र वातावरण मैत्रीपनको विकल्प प्रदान गर्छ।

यसका प्रमुख फिचरहरू पावर्ड ओटोमन सेकेण्ड रो सिट, फ्रण्ट भेण्टिलेटेड सिट, डुअल जोन एयर कण्डिसनिङ, प्यानोरामिक सनरूफ, टोयोटा सेफ्टी सेन्स-टीएम, कनेक्टेड इन्फोटेनमेण्ट अनुभव आदि छन्। भारतभरिका ग्राहकहरूलाई आनन्दित तुल्याउँदै इनोभा हाईक्रसले प्रिमियम एमपीभी सेगमेण्टमा नौलो बेञ्चमार्क स्थापित गरेको छ।

अब देशभरका टोयोटा डिलरहरूमा बुकिङ खुल्ला भएको छ। ग्राहकहरूले https://www.toyotabharat.com/ मा अनलाइन बुकिङ पनि गर्न सक्नेछन्।

By Business Bureau