भारतको बेरोजगारी दर ९.१९% मै झर्यो

 भारतमा कोरोना महामारीको दोस्रो लहर न्यूनीकरण हुँदै जाँदा बेरोजगरी दर पनि क्रमशः घट्न थालेको छ । भारतीय अर्थतन्त्र सम्बन्धी तथ्यांक राख्ने ‘सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी’ को रिपोर्ट अनुसार जुन महिनामा भारतको बेरोजगारी दर घटेर ९.१९% मा सीमित भएको छ । मे महिनामा भने बेरोजगारी दर ११.९% रहेको थियो ।

आर्थिक गतिविधि पुनः लयमा फर्किएपछि बेरोजगारी दर घटेको रिपोर्टमा उल्लेख छ । भारतमा बेरोजगारी दर कोरोना महामारी भन्दा अघिकै अवस्थामा फर्किसकेको भने छैन । महामारी भन्दा अघि बेरोजगारी दर ६%–७% मात्र थियो । यद्दपि, घट्दोक्रममा रहेकाले छिट्टै नै बेरोजगारी दर महामारी भन्दा अघिकै अवस्थामा सीमित हुने अनुमान गरिएको छ ।

शहरी क्षेत्रको बेरोजगारी दर पनि उच्च गतिमा घटेको छ । मे महिनामा १४.७३% रहेको शहरी क्षेत्रको बेरोजगारी दर जुनमा १०.०७% मा सीमित भएको छ । यस्तै, ग्रामीण बेरोजगारी पनि १०.६३% बाट घटेर ८.७५% मा आएको छ । यता, भारतलाई बेरोजगारी दर भन्दा ठूलो समस्या श्रम शक्ति सहभागिता दरले सिर्जना गरेको छ । भारतमा श्रम शक्ति सहभागिता दर कोरोना महामारी भन्दा अघिको अवस्थामा फर्किन सकेको छैन । महामारी अघि ४२.७% रहेको श्रम शक्ति सहभागिता दर अहिले ४०% मा सीमित भएको छ । यस्तै, रोजगारी दरसमेत महामारी भन्दा अघि ३९.५% रहेकामा अहिले ३६% मा सीमित भएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *