टोयोटा किर्लोस्कर मोटर अनि ओहमियमबीच भारतमा स्केलेबल हाइड्रोजन-आधारित ऊर्जा समाधानको प्रवर्द्धनका लागि मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ आदानप्रदान

कार्बन न्युट्रालिटी अनि स्वच्छ ऊर्जा नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ़ पार्दै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज भारतमा हरित हाइड्रोजन-आधारित एकीकृत पावर समाधानहरू सह-विकास गर्न बेङ्गलुरु-आधारित एक अग्रणी पीईएम हाइड्रोजन प्रविधि प्रदायक ओहमियम इण्टरनेशनलसित मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयू) आदानप्रदान गरेको छ। यस रणनीतिक पहलले इन्धन सेल प्रविधिमा टोयोटाको अग्रणी भूमिकालाई उजागर गर्छ साथै हरित हाइड्रोजनलाई भविष्यको स्वच्छ इन्धनको रूपमा प्रवर्द्धन गर्दछ। यसले गतिशीलता र स्थिर प्रयोगका लागि सशक्त हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने टोयोटाको सतत प्रयासलाई समेत दर्शाउँछ।
भारतले सन् 2047 सम्म ऊर्जा आत्मनिर्भरता र सन् 2070 सम्म शुद्ध शून्य उत्सर्जन प्राप्त गर्ने महत्वाकाङ्क्षी लक्ष्य तय गरेको छ। ती लक्ष्यहरू प्राप्त गर्न सम्पूर्ण आर्थिक क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउनु राष्ट्रको ऊर्जा रूपान्तरणको केन्द्रबिन्दु बनेको छ। हरित हाइड्रोजन यस रूपान्तरणलाई सहयोग पुर्याुउने आशाजनक विकल्पको रूपमा उदाएको छ। यसले दीर्घकालीन नवीकरणीय ऊर्जा भण्डारण, कठिन औद्योगिक क्षेत्रहरूमा जीवाश्म इन्धनको विकल्प, स्वच्छ यातायात र विकेन्द्रित ऊर्जा उत्पादनको सम्भावना प्रस्तुत गर्छ। यसै दृष्टिकोणलाई ध्यानमा राख्दै भारत सरकारले सन् 2023 मा राष्ट्रिय हरित हाइड्रोजन मिशन आरम्भ गर्योऊ जसको उद्देश्य स्वदेशी लगानी र अनुसन्धान विकासको माध्यमबाट सशक्त हाइड्रोजन अर्थतन्त्र निर्माण गर्नु हो। यसै दृष्टिकोणसित पङ्क्तिबद्ध बन्दै टीकेएमले आफ्नो विश्वव्यापी टोयोटा इनभाइरोनमेण्टल च्यालेञ्ज 2050 को मार्गनिर्देशनमा स्वच्छ ऊर्जा प्रवर्द्धनमा अग्रसरता देखाउँदै आइरहेको छ। हाइड्रोजनको पूर्ण क्षमतालाई भारतको ऊर्जा सङ्क्रमण मार्गचित्रअनुसार उपयोग गर्ने दिशामा यो एमओयू एक महत्त्वपूर्ण कदम हो।
गतिशील नवप्रवर्तन: गतिशीलताबाहिर हरित ऊर्जा प्रयोग
यस सहकार्यले दुई पक्षका परिपूरक क्षमताहरूको उपयोग गर्ने लक्ष्य राखेको छ- हाइड्रोजन प्रविधिमा विशेषज्ञता प्राप्त ओहमियम पीईएमले मोड्युलर, लागत-प्रभावकारी र स्केलेबल पीईएम इलेक्ट्रोलाइजरहरू उत्पादन गर्छ अनि इन्धन सेल प्रविधिको अगुवा कम्पनी टोयोटाले विविध हाइड्रोजन प्रयोगमा दिगोपनतर्फ अघि बढ्दै आएको छ। दुवै पक्षले माइक्रोग्रिड जस्ता एकीकृत हरित हाइड्रोजन-आधारित पावर समाधानहरूको सम्भाव्यता मूल्याङ्कन गर्नेछन् जसको प्रयोग डाटा सेण्टर, संवेदनशील पर्यावरणीय क्षेत्रहरू आदि जस्ता विविध स्थानहरूमा गर्न सकिनेछ। यसले भारतको राष्ट्रिय ऊर्जा रूपान्तरण लक्ष्यमा सहयोग पुर्यािउने अपेक्षा गरिएको छ।

By Business Bureau