सिक्किमले ओक्समिथ को स्वाद पायो

ले सिक्किममा भारतको पहिलो इण्टरनेशनल ब्लेण्डेड व्हिस्की ओक्समिथ लण्च गरेको छ। डिसेम्बर २०१९ मा महाराष्ट्र र तेलङ्गानामा सफल प्रक्षेपण पछि पश्चिम बंगाल, गोवा, असम, चन्डीगढ़, यू पी र कर्नाटकमा द्रुत विस्तार पछि, प्रतिष्ठित ब्राण्ड अब सिक्किममा दुवै बलेण्ड भेरिएण्टहरू -‘ओक्सस्मिथ गोल्ड’ र ‘ओक्सस्मिथ इण्टरनेशनल’मा उपलब्ध छ। ब्राण्डले भारतमा लण्च भएदेखि ३००००० केसहरू डेलिभर गरिसकेको छ।

ओक्सस्मिथ विश्व-प्रसिद्ध शिन्जी फुकुयो, चीफ ब्लेण्डर, सन्टोरी, जापानी व्हिस्कीको संस्थापक घर द्वारा सिर्जना गरिएको हो – विश्व-स्तरीय जापानी शिल्प कौशल, उच्च गुणस्तरको स्कच माल्ट व्हिस्की र स्मूथ अमेरिकी बोर्बन्सलाई मिसाएर अद्वितीय र भारतीय प्यालेटबाट प्रेरणा लिएर डिजाइन गरिएको छ। ‘ओक्सस्मिथ गोल्ड’ र ‘ओक्सस्मिथ इण्टरनेशनल’- सिक्किममा ७५० एमएल बोतलहरूको लागि आईएनआर ९२० र आईएनआर ५३५ को मूल्यमा उपलब्ध हुनेछ, र तिनीहरूको अन्तर्राष्ट्रिय गुणस्तर र विश्व स्तरको शिल्प कौशलको नतिजा स्वरुप तिनीहरूको सम्बन्धित कोटीहरूमा सबैभन्दा प्रिमियम ब्राण्डहरु हुनेछन्। बीम सन्टोरी इणडियाका म्यानेजिङ डायरेक्टर नीरज कुमारले भने “हामी उच्च गुणस्तर, विश्व स्तरीय स्पिरिट ब्राण्डहरूको लागि बढ्दो अवसर देख्छौं र यहाँ ओक्समिथ गोल्ड र ओक्समिथ इण्टरनेशनलको लागि उस्तै प्रशण्सा प्राप्त गर्न तत्पर छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *