भारतीय टीभी स्टार सिद्धार्थको निधन

भारतीय टेलिभिजन इन्डष्ट्रिको चर्चित अनुहार कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० वर्षीय शुक्लाको बिहीबार हृदयाघातका कारण निधन भएको  छ ।

कलर्स टेलिभिजनको ‘बालिका वधू’बाट चर्चा कमाएका उनी ‘बीग बोस’बाट अझ चर्चित बनेका थिए । उनी ‘बीग बोस १३’ का विजेता ह्ुन् ।

मुम्बईमा आफ्नी आमा र दुई बहिनीहरूसँग बस्दै आएका उनको कुपर अस्पतालमा निधन भएको जनाइएको छ । अस्पताल अधिकारीहरूका अनुसार उनको अस्पताल पुग्नुअघि नै निधन भइसकेको थियो ।

शुक्लाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेका थिए । ‘बाबुल का अंगना छुटे ना’ सिरियलबाट अभिनयको दुनियाँमा पाइला अघि बढाएका थिए ।

करण जौहरको चलचित्र ‘हम्ती शर्मा कि दुल्हनीया’बाट चलचित्रमा प्रवेश गरेका थिए । यो चलचित्रमा उनले सहायक अभिनेताको भूमिका निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *