रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर

न्युजिल्याण्डविरुद्ध हुने  टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। नोभेम्बर १७ बाट सुरु हुने सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिम घोषणा गरिएको हो। विराट कोहलीले कप्तान छाडेपछि अब रोहितले  टी–२० टिमको नेतृत्व गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ। न्युजिल्याण्डविरुद्धको खेलमा विश्वकप खेलेका विराटसहित तीन खेलाडी टिममा समावेश छैनन्।  आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीले भारतीय टिममा मौका पाएका छन्।

न्युजिल्याण्डविरुद्धको टिममा केएल राहुल उपकप्तान रहनेछन्। ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन्।

कोहलीसहित जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई आराम दिइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *