भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका संक्रमितरहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ।  
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन्। गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ। 
सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ। 

                                
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *