स्वर्ण जित्ने मौका गुमायो भारतले

ओलम्पिक हकीमा भारतीय महिला टोलीको स्वर्ण पदक जित्ने सपना भताभुङ्ग भयो। बुधवार खेलिएको सेमिफाइनल म्याचमा भारतलाई अर्जेण्टिनाले २-१ ले पराजित गयो । म्याचको शुरुमै गोल हासिल गरे पनि भारतले त्यस बढ़तलाई कायम कायम राख्न सकेन अनि दोस्रो र तेस्रो क्वार्टरमा दुई गोल खाएर हारको सम्मुखीन भयो । म्याचमा भारतको शुरुवात असल रह्यो अनि गुरजीत कौरले दोस्रो मिनटमै पेनल्टी कर्नरबाट गोल गरी टोलीलाई बढ़त दिलाए त्यसपछि अर्जेण्टिनाले लगातार आक्रमण गर्दै भारतीय रक्षापङ्क्तिलाई व्यस्त राख्यो । यसै क्रममा अर्जेण्टिनाकी कप्तान मारिया बारियोनुएवाले १८औं र ३६औं मिनटमा पेनल्टी कर्नरलाई गोलमा परिणत गरी भारतको चुनौतीलाई किनारा लगाउनको साथै आफ्नो टोलीलाई फाइनलमा पुयाए यसअघि भारतले तीनपल्टका च्याम्पियन अष्ट्रेलियालाई क्वार्टर फाइनलमा १-० ले पराजित गरी पहिलोपल्ट ओलम्पिक हकी स्पर्धाको सेमिफाइनलमा स्थान बनाएको थियो । भारतीय महिला टोली यसअघि १९८० को मस्को ओलम्पिकमा ६ वटा टोलीबीच चौथो स्थानमा रहेको थियो फाइनलमा अर्जेण्टिनाले नीदरल्याण्डको चुनौती स्वीकार्नेछ । यसरी नै भारतले काँस्य पदकको म्याचमा ब्रिटेनको सामना गर्नेछ । अष्ट्रेलिया विरुद्ध क्वार्टर फाइनलमा भारतीय टोलीको जीतमा गोलकीपर सविता पूनियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले म्याचमा नौवटा गोल बचाएकी थिइन् । अर्जेण्टिनाई टोली प्रतिआक्रमण र दुवै फ्ल्याङ्कबाट आक्रमण गर्नमा दक्ष छ अनि आज पनि टोलीले त्यही गरेर देखायो। अर्जेण्टिनालाई पूरा म्याचमा ६ वटा पेनल्टी कर्नर प्राप्त भयो, जसमा उनीहरूले दुईवटालाई गोलमा परिणत गरिन् । यसरी नै भारतलाई केवल चारवटा पेनल्टी कर्नर प्राप्त भयो, जसमा केवल एउटा मात्र गोलमा परिणत भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *