भारततर्फ कुदृष्टि गरे एयरस्ट्राइक तयार छ : योगी

राजधानी लखनऊमा भाजपा सामाजिक प्रतिनिधि सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले भने, आज देशको प्रधानमन्त्री नरेन्द्र मोदी छन् यसैले पाकिस्तान र अफगानिस्तान तालिबानबाट त्रसित छन्। आज तालिबानलाई थाहा छ कि यदि तिनीहरू भारत तर्फ बढ़े भने हवाई हमला गर्न तयार छ। फरक स्पष्ट रहेको उनले बताए। २०१४ अघि भारत के थियो र २०१४ पछि भारत आज कहाँ छ ?

सन् २०१४ अघि भारतमा अविश्वास, अराजकता र असुरक्षाको वातावरण थियो। २०१४ भन्दा पहिले देश भित्र हरेक दिन नयाँ घोटालाहरू आउँथे। बीजेपीको सरकार आएसँगै वातावरण सुधारियो। आज देशका | जनताले यो भिन्नता महसुस गरिरहेका छन् भाजपा | सामाजिक प्रतिनिधि सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विपक्षीलाई पनि निशाना बनाए। समाजवादी पार्टीमाथि प्रहार गर्दै उनले रामभक्तमाथि गोली चलाउनेले आज माफी माग्ने बताए । आज अयोध्यामा भव्य राम मन्दिर निर्माण हुँदैछ। अदालतले पनि हामीलाई सही ठानेको छ । मुख्यमन्त्रीले रामको विरोध गर्नेले आफूलाई शून्य बनाएको बताए । अघिल्लो कांग्रेस, सपा र बसपा सरकारहरूले विकाससँग कुनै सरोकार राखेनन् । यसपछि | अयोध्या पुगेका मुख्यमन्त्रीले सन्तहरूलाई सम्बोधन गर्दै पाकिस्तानको तारिफ गर्दै भने चकनाचुर हुने बताएका छन् ।

उनले भने, ‘खेल हुन्छ, हार जितिन्छ तर शत्रुले देशलाई साथ दियो भने उस्तै कठोरताले कुचिन्छ मुख्यमन्त्रीले भारतमा जो पनि बस्नेले देशभक्ति देखाउनुपर्ने बताए यदि कसैले शत्रु देशको समर्थन गरेको पाइएमा कडा कारबाही हुन्छ । थप बोल्दै मुख्यमन्त्रीले रामलाई हामीले कहिल्यै राजनीतिसँग जोडेका छैनौं, भगवान राम भारतको आस्था हो रामबिनाको भारतको कल्पना पनि गर्न सकिँदैन । यो त्रेतायुगबाट सबैलाई थाहा छ। रामको शरण लिनेको उद्धार भयो। जसले रामको विरोध गयो त्यसको दुर्गति भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *