भारतले सिक्किम नजिक तैनाथ गर्‍यो राफेल लडाकू विमान

भारतले चीन सीमा नजिक सिक्किम, भुटान र तिब्बतको त्रिपक्षीय विन्दुनेर राफेल लडाकू विमानहरू तैनाथ गरेको छ ।  चीन र भारतबीच सैन्य कमान्डर स्तरको वार्ता शनिवार हुने सम्भावनाका बीच भारतले सीमामा विमानहरू राखेको हो । 

खतरनाक हतियार सहितका आठ नयाँ राफेल विमान पश्चिम बंगालको हासिमारा एयरबेसस्थित १०१ फाल्कन्स अफ छम्ब यान्ड अखनूर स्क्वाड्रनमा औपचारिक रूपमा राखिएको हो । 

राफेल विमानहरूले शत्रुलाई तर्साएर राख्ने भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले बताए । 

फ्रान्समा बनेको राफेल विमान भारतको पूर्वी सेक्टरमा रुसी सुखोई–३० एमकेआई विमानसँगै राख्दा चीनविरुद्ध थप आक्रामक बन्नका लागि भारतलाई सजिलो बनाएको छ । 

भारतीय वायुसेनाको तुलनामा चीनसँग चारगुणा बढी युद्धविमान र बमवर्षक विमान छ । उसले लद्दाख भिडन्तपछि होटान, काशगर, गारगुन्सा, ल्हासा–गोंगार र शिगात्सेमा थप लडाकू र बमवर्षक विमान तैनाथ गरेको छ । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *