भारतले बनायो सबैभन्दा ठूलो विमान बोक्ने पोत

भारतको पहिलो स्वदेशी विमान वाहक (आईएसी) विक्रान्तको समुद्री परीक्षण शुरु | गरिएको छ । सन् १९७१ को भारत | पाकिस्तान युद्धको विजय महोत्सवको ५० औं वर्षगाँठको समय यस विमानको परीक्षण हुने छ । भारतीय नौसेनाले एक ट्विटमा लखेको छ सन् १९७१ को भारत पाकिस्तान युद्धको विजय | महोत्सवको ५० औं वर्षगाँठको | समय यस विमानको परीक्षण हुने छ ।

यो हाम्रो लागि एक एतिहासिक | दिन हो । विक्रान्त भारतमा योजना बनाएको र निर्माण गरिएको अहिले सम्मको सबैभन्दा ठुलो र जटिल युद्ध पोत हो यस्ता अरू धेरै विमानको निर्माण हुनेछ । यस विमानले मिग- २९के लडाकु विमान, कामोभ ३१ – | हवाई सङ्कट सूचना दिने हेलिकप्टर, एमएच – ६० आर बहुपक्षीय हेलिकप्टर र स्वदेश निर्मित अत्याधुनिक हल्का हेलिकप्टर सञ्चालन गर्न सक्दछ ।यस विमानले लामो दुरीमा हवाई हमला गर्न सक्दछ ।

साथै यस विमानमा वायु निषेध, सतह विरोधी युद्ध, आक्रामक र रक्षात्मक हवाई हमला, हवाई पनडुब्बी रोधी युद्ध,प्रारम्भिक हवाई चेताउनी दिन सक्ने क्षमता रहेको छ। यसअघि जून महिनामा रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को मध्य देखि पहिलो स्वदेश निर्मित विमान आईएनएस विक्रान्तको नाममा सञ्चालनमा आउने बताएका थिए । विमान निर्माणको प्रक्रिया हेर्न रक्षा मन्त्री केरलको कोचीमा विक्रान्तको निर्माण स्थलमा पुग्नुभएको थियो । यो विमानको निर्माण कार्य सन् २०२० को नोभेम्बर महिनामा पूरा भएको थियो ।

त्यस बेला रक्षा मन्त्री राजनाथ सिंहलाई विमानको सफल परीक्षण बारे जानकारी दिएको थियो ।रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, यो आत्मनिर्भर भारत र भारतमा निर्माण पहल अन्तर्गत एक गौरवशाली ऐतिहासिक क्षण हो स्वदेशी विमान वाहकको निर्माण सँगै, भारत पनि ती देशको रूपमा सूचीकृत भएको छ जसले स्वदेश मै एक अत्याधुनिक विमान वाहकको निर्माणको निम्ति योजना बनाउन सक्छ, निर्माण गर्न सक्छ र एकीकृत गर्न सक्छ । विज्ञप्तिमा अगाडि भनिएको छ, कोभिड १९ को चुनौती भएर पनि सम्बद्ध सबैको समर्पित प्रयासका कारण यो उपलब्धि प्राप्त गर्न सकिएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *