चीनसँग तनाव कायम रहँदा भारतले किन्यो फ्रान्ससँग लडाकू विमान

चीनसँग सीमाविवाद चलिरहेको बेलामा भारतीय वायुसेनाले फ्रान्ससँग किनेको सेकेन्ड ह्यान्ड दुईवटा लडाकू विमान ग्वालियर एयरबेसमा ल्याएको छ । उक्त विमानहरूलाई पछिल्लो मापदण्डअनुरूप अद्यावधिक गरिने बताइएको छ । 

मिराजलाई अद्यावधिक गर्न भारत र फ्रान्सबीच भएको सम्झौता ५१ वटा विमानको क्षमता अभिवृद्धिका लागि हो । 

दुर्घटनामा परेका विमानका सामानहरू फ्रान्सबाट ल्याइएका वायुसेना विमानमा फिट गर्दै युद्धका लागि तयारी अवस्थामा राख्न सकिने बताइएको छ । 

मिराज विमानहरू सन् १९८० को दशकदेखि भारतीय वायुसेनामाा छन् । कार्गिल युद्धमा तिनको उपयोग गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *