सिलगढीका प्रहरी आयुक्त सी. सुधाकरले बुधबार नयाँ एडीसीपी कार्यालयको औपचारिक उद्घाटन गरे। यस अवसरमा बागडोगरा ट्राफिक गार्डद्वारा ६९ औं “उत्सर्ग” रक्तदान शिविर पनि आयोजना गरिएको थियो।
यसका साथै सिलगढी प्रहरी आयुक्तालयद्वारा विद्यालयका विद्यार्थीहरूलाई वर्षाबाट जोगाउन रेनकोट वितरण गरिएको थियो। यस कार्यक्रममा प्रहरी आयुक्त सी. सुधाकर, डीसीपी विश्व चन्द ठाकुर, एडीसीपी अभिषेक मजुमदार र अन्य प्रहरी अधिकारीहरू उपस्थित थिए।
यस दिनको पहललाई प्रहरी र समाजबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।
