भारतमा ८८ करोड ३४ लाख धेरैले लगाए कोरोना खोप, ३ करोड ३७ लाख बढिमा संक्रमण पुष्टि

भारतमा खोप अभियान तीब्र गतिमा चलिरहेको छ । पछिल्लो २४ घन्टामा ६५ लाख ३४ हजार ३ सय ६ जनामा कोरानाविरुद्धको खोप लगाइएको छ । योसँगै भारतमा कोरोना खोप लगाउनेको संख्या ८८ करोड ३४ लाख ७० हजार ५ सय ७८ पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घन्टामा थप २३ हजार ५ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख ३९ हजार ९ सय ८० पुगेको छ ।  पछिल्लो २४ घन्टामा त्यहाँ थप २८ हजार ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना जित्नेको संख्या ३ करोड ३० लाख १४ हजार ८ सय ९८ पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा थप ३११ जना सङ्क्रमितको  मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *