दिल्लीमा थप ४ जनामा देखियो ओमोक्रन, कुल संख्या ७७ पुग्यो

भारतको राजधानी दिल्लीमा थप ४ जनामा कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण देखिएको छ।  यससँगै दिल्लीमा ओमोक्रनको १० केस पुष्टि भएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७७ जनामा ओमोक्रनको केस देखिएको छ।

दिल्लीमा ओमोक्रन पुष्टी भएका १० जना मध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने ९ जना अस्पतालमा उपचाररत् छन्। यस्तै, तमिलनाडु र पश्चिम बंगालमा पनि पहिलो ओमोक्रनको केस देखिएको छ। महाराष्ट्र र केरलामा पनि ४-४ जनामा ओमोक्रन देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *