बंगाल सफारी पार्कमा खुसीको वातावरण, सिंहनीले बच्चा जन्माइन्

त्रिपुराबाट ल्याइएको सिंहनीले सिलिगुडीको बंगाल सफारी पार्कमा आफ्नो चौथो बच्चा जन्माइन्। त्रिपुराको सिपाहिजला चिडियाखानाबाट यो सिंह जोडीलाई ल्याइएको थियो। मुख्यमन्त्री ममता बनर्जीले उनीहरूको नाम सुरज र तान्या राखेकी छिन्।

सिंहनीले हालै आफ्नो चौथो बच्चा जन्माएको थाहा भएको छ। यो सिलिगुडी नजिकै अवस्थित बंगाल सफारी पार्कको लागि खुशीको कुरा हो।

पूजाको मौसममा पर्यटकहरूका लागि यो खुसीको खबर हो। पार्क स्रोतका अनुसार, डेढ महिना भित्र यो सिंह परिवारलाई पर्यटकहरूको लागि जंगल सफारीमा समावेश गरिनेछ।

By Sonakshi Sarkar