प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विश्वको पहिलो नानो यूरिया लिक्विड प्लाण्डको उद्घाटन

प्रधानमन्त्री नरेन्द्र मोदीले कृषकहरूलाई उत्पादकत्व बढ़ाउन र आफ्नो आय बढ़ाउन मद्दत गर्ने माध्यम प्रदान गर्ने प्रयासमा गुजरातको कलोलमा आईएफएफसीओद्वारा विश्वको पहिलो नानो यूरिया लिक्विड प्लाण्टको उद्घाटन गरे।

यो आत्मनिर्भर भारत र आत्मनिर्भर कृषितर्फको विशाल कदम हो। गुजरातको गान्धीनगरमा आयोजित एक समारोहमा प्रधानमन्त्रीले अल्ट्रामोडर्न नानो युरिया लिक्विड फर्टिलाइजर प्लाण्ट राष्ट्रको सेवामा समर्पण गरे। समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण, रसायन र उर्वरक मन्त्री डा. मनसुख मण्डाविया उपस्थित थिए। आईएफएफसीओले नानो युरिया, नानो डीएपी र नानो माइक्रो न्यूट्रिएण्टको उत्पादनका लागि आओन्ला, फुलपुर, कलोल (विस्तार), बेङ्गलुरु र पारादीप, कान्डला, देवघर (बिहार) र गुवाहाटी यूनिटइहरूमा नानो फर्टिलाइजर प्रोडक्शनका लागि अतिरिक्त उत्पादन सुविधाहरू स्थापना गरेको छ। यी सबै यूनिटहरूको कूल ३०००-करोड़ रुपियाँ लगानीमा प्रतिदिन २-लाख बोतलको डिजाइन प्रोडक्शन क्षमता हुनेछ जसमा रु. ७३०-करोड़ पहिले नै प्रतिबद्ध छ र हजारौं मानिसहरूको लागि रोजगारी सिर्जना गर्नेछ। कलोलमा पहिलो आईएफएफसीओ नानो युरिया (लिक्विड) प्रोडक्शन यूनिट रु. १७५ करोड़को लगानीमा बनेको छ। हालमा दैनिक १.५ लाखवटा ५०० एमएल बोतल नानो युरियाको उत्पादन क्षमता रहेको छ ।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *