आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन अन्तर्गतको सम्पत्ति ३ लाख करोड नाघ्यो

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रबन्धन अन्तर्गत सम्पति (एयूएम) मा ` ३ लाख करोड रूपियाँ पार गर्ने महत्वपूर्ण माइलखुट्टी हासिल गरेको छ । ३१ जुलाई २०२४ सम्म कम्पनीको एयूएम ३.२४ लाख करोड़ रुपियाँ रहेको थियो। 

आईसीआईसीआई प्रूडेन्शियल लाइफ इन्श्योरेन्सका एमडी एवं सीईओ श्री अनूप बागचीले भने, “प्रबन्धन अन्तर्गत परिसम्पतिमा ३   लाख करोड़ रुपियाँको माइलखुट्टी पार गरेर हामीलाई अपार प्रसन्नता महसुस भईरहेको छ। यसले हाम्रा उत्पादनहरूप्रति ग्राहकहरूको प्राथमिकता र तिनीहरूलाई दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन हामीमाथि उनीहरूले गरेको विश्वासलाई दर्शाउँछ।उत्पादन र प्रक्रियाहरूलाई सरल बनाउने हाम्रो व्यवस्थापन दृष्टिकोण  हाम्रो परिसम्पत्तिमा वृद्धि गर्ने कारकहरूमध्ये एक हो। ग्राहकहरू आफू स्वयं र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न हामीमाथि निर्भर छन्। त्यसैले हामी हाम्रा ग्राहकहरूको बचतको ट्रस्टी र संरक्षकको रूपमा काम गर्छौं र कठोर निवेश दर्शन र जोखिम व्यवस्थापन ढाँचा तयार पारेका छौं। यस दृष्टिकोणले यो सुनिश्चित गरेको छ कि कम्पनीको स्थापनापछि र बजार चक्रहरूमा हामीसँग कुनै पनि गैर-निष्पादित सम्पत्तिहरू छैनन्।”

श्री बागचीले अघि थपे, “हामी विश्वास गर्छौं, जीवन बीमाले आर्थिक सुरक्षा, सम्पत्ति निर्माण र अवकाश प्राप्ति पछिको आयको प्राथमिक आवश्यकताहरूलाई पूरा गर्दछ, त्यसैले हाम्रा उत्पादनहरू र प्रक्रियाहरू यी आवश्यकताहरू पूरा गर्न पंक्तिबद्ध छन्।  लागू गरिएका प्रौद्योगिकी समाधानहरूले हामीलाई जीवन बीमालाई सरल बनाउन, नवीन उत्पादनहरू विकसित गर्न र परिष्कृत ग्राहक अनुभव प्रदान गर्न सही माध्यम मार्फत सही मूल्यमा सही ग्राहकलाई सही उत्पादन प्रस्ताव गर्न मद्दत गरेको छ। हामीले गरेका वाचाहरूलाई पूरा गर्ने आफ्नो  प्रतिबद्धता वित्त वर्ष २०२४ मा ९९.१७ प्रतिशतको‌ हाम्रो दावी समाधान अनुपातमा परिलक्षित हुन्छ जुन उद्योगहरूमा सर्वश्रेष्ठमध्ये एक हो जसको टर्नअराउन्ड समय केवल १.२७ दिन रहेको छ।