आईसीआईसीआईद्वारा पोलिसी होल्डरहरूको निम्ति हालसम्मकै सर्वाधिक वार्षिक बोनसको घोषणा

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स, नयाँ व्यापार बीमा रकमको शर्तमा भारतको सबैभन्दा ठूलो प्राइभेट लाइफ इन्स्योरर कम्पनीले सबै योग्य सहभागी पोलिसी होल्डरहरूलाई एफवाई २०२२-को लागि वार्षिक ९६८.८ करोड़ रुपियाँ बोनसको घोषणा गरेको छ।

यो बोनस भुक्तानीको लगातार १६ औं वर्ष हो र कम्पनीको हालसम्मको सबैभन्दा उच्च पनि हो जसले एफवाई २०२१-को १२% बोनसलाई पछि छाड़ेको छ। मार्च ३१, २०२२ सम्म लागू भएका सबै सहभागी पोलिसीहरू यो वार्षिक बोनस प्राप्त गर्न योग्य छन्, जुन पोलिसी होल्डरहरूको फाइदाहरूमा थपिनेछ। लगभग एक मिलियन सहभागी पोलिसी होल्डरहरूले यसबाट लाभान्वित हुनेछन् जसले उनीहरूलाई उनीहरूको दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्न नजिक लैजानेछ।

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्सका प्रबन्धन निदेशक एवं प्रमुख कार्यकारी अधिकारी एन.एस. कन्ननले भने, “हामी एफवाई २०२२ को लागि ९६८.८ करोड रुपियाँको वार्षिक बोनस घोषणा गर्न पाउँदा खुशी छौं। कम्पनीले स्थापनाकालदेखि नै हालसम्म घोषणा गरेको यो बोनस सबैभन्दा उच्च हो। यो एफवाई २०२१-को तुलनामा १२% अधिक छ। ग्राहकहरूले हामीलाई उनीहरूको दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्नको लागि आफ्नो जीवनको बचत सुम्पन्छन् अनि यो बोनसले हाम्रा सहभागी पोलिसी होल्डरहरूलाई तिनीहरूको वित्तीय लक्ष्यहरूतर्फ एक कदम नजिक जान सक्षम बनाउनेछ भन्ने कुरामाथि हामी विश्वस्त छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *