आईसीआईसीआई ब्याङ्कले असम राइफल्सलाई विशेष ब्याङ्किङ सेवाहरू प्रदान गर्ने छ

आईसीआईसीआई ब्याङ्कले असम राइफल्ससँग सेवारत र सेवानिवृत्त कर्मचारीहरूलाई विशेष रूपमा क्युरेट गरिएको ब्याङ्किङ सेवाहरूको परिधि प्रदान गर्नको लागि एक समझौता पत्र (एमओयू ) मा हस्ताक्षर गऱ्यो। शिलङस्थित असम राइफल्सको मुख्यालयमा लेफ्टिनेण्ट जनरल पी.सी. नायर, एभीएसएम, वाईएसएम, डायरेक्टर जनरल, असम राइफल्स अनि विशाल बत्रा, रिजनल बिजनेस हेड र हेड अफ् डिफेण्स इको सिस्टमद्वारा समझौता पत्र (एमओयू )-मा हस्ताक्षर गरियो। समझौताको एक भागको रूपमा, ब्याङ्कले जीरो ब्यालेन्स एकाउण्ट, लकरहरूको अधिमान्य आवण्टन, भारतको कुनै पनि एटीएममा असीमित नि:शुल्क लेनदेन र ब्याङ्कको प्रीमियम जेमस्टोन कलेक्शनबाट लाइफटाइम फ्री क्रेडिट कार्ड जस्ता सुविधाहरूको विस्तृत गुच्छा प्रदान गर्नेछ।

यसका साथै ब्याङ्कले कर्मचारीहरूलाई बीमा सुविधाहरूको एक श्रृंखला प्रदान गर्ने भएको छ। यी लाभहरू सबै श्रेणीका कर्मचारीहरूका लागि उपलब्ध रहनेछ अनि नयाँ भर्तीहरूका साथै असम राइफलका सेवानिवृत्त कर्मचारीहरूलाई ८० वर्षको उमेरसम्म सुविधा उपलब्ध गरिनेछ। रिजनल बिजनेस हेड र हेड अफ् डिफेण्स इको सिस्टम, आईसीआईसीआई ब्याङ्कका विशाल बत्राले भने, “हामी असम राइफल्ससँग एमओयूमा हस्ताक्षर गर्न पाउँदा सम्मानित छौं। हाम्रा ठूला शाखाहरू, एटीएम र डिजिटल ब्याङ्किङ च्यानलहरूमार्फत कर्मचारीहरूलाई दैनिक कारोवारहरूमा सहजता र सुविधा प्रदान गर्न विशेष रूपमा क्युरेट गरिएका ब्याङ्किङ सेवाहरू र सुविधाहरूको गुलदस्ता उपलब्ध गराउन पाउँदा हामी खुशी छौं। थप रूपमा, हामी शहीदहरूका छोरा-छोरीहरूको शिक्षाको लागि परिष्कृत बीमा कभर र आर्थिक सहायता प्रदान गर्दैछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *