आईसीसी महिला एकदिवसीय विश्वकप मार्च ४ बाट सुरु हुँदैछ

आईसीसी एकदिवसिय महिला विश्वकप आगामी ४ मार्चदेखी सुरु हुँदै छ। पहिलो खेलमा न्युजिल्यान्ड र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै दोस्रो खेलमा बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दा पाकिस्तान र भारतबिच ६ मार्चमा प्रतिस्पर्धा हुने छ।

प्रतियोगिताको आयोजना न्युजिल्यान्डमा हुँदै छ। प्रतियोगिता ३ अप्रिलसम्म चल्ने छ। जसमा ८ देश सहभागि हुँदै छन्। भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन्। फाइनल सहित प्रतियोगितामा कुल ३१ खेल आयोजना हुने छ।

विश्वकपमा सर्वाधिक धेरै उपाधि जित्ने टीम अस्ट्रेलियाले जितेको छ। उसले सर्वाधिक ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड ४ पटक च्याम्पियन बनेको छ। जहाँ न्युजिल्यान्डले एक पटक उपाधि जितेको छ। पुरुष विश्वकपमा सफल मानिन्दै आएको भारतले महिला विश्वकपमा भने उपाधि जित्न सकेको छैन्। २००५ र २०१७ मा फाइनलमा पुगेपनि भारत उपाधि विहिन बनेको थियो।

आईसीसी महिला विश्वकप जित्ने टीमको पुरस्कार रासिमा यो पटक दोब्बरले बढाइएको छ। यो पटक विश्वकप विजेता टीमले १.३२ मिलियन अमेरिकी डलर करिब १६ करोड रुपैंया पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टीमले  ६ लाख अमेरिकी डलर करिब ७ करोड पाउने छ। त्यस्तै तेस्रोले ३ लाख डलर प्राप्त गर्दा समुहको हरेक खेलका लागि ७० हजार अमेरिकी डलर दिइने छ। 

कोरोनाका कारण आईसीसीले महिला विश्वकपको नियममा ब्यापक परिवर्तन गरेको छ। नयाँ नियम अनसार कुनै टीम कोरोनाका कारण ११ खेलाडीलाई ल्याउन नसकेको खण्डमा ९ खेलाडीको साथमा पनि मैदानमा उत्रिन पाउने छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *