भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त

पाकिस्तानले सन् २०२५ मा आयोजना गर्ने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टाउको दुखाइ भएको छ । यद्यपि, आईसीसीले प्रतियोगितामा सबै देश सहभागी हुने विश्वास व्यक्त गरेको छ ।

२००९ मा लाहोरमा श्रीलंकन टिम चढेको बसमा इस्लामिक सैनिकले आक्रमण गरेका थिए । उक्त घटनामा ६ प्रहरीसहित दुई सर्वसाधरणको मृत्यु भएको थियो । त्यसपछि विदेशी टोलीले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेका थिए ।

गएको सेप्टेम्बरमा इंग्ल्यान्ड र न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै अन्तिममा पाकिस्तानको भ्रमण स्थगित गरेका थिए ।

५० ओभरको उक्त क्रिकेट प्रतियोगिता पाकिस्तानमा हुने आईसीसीले निर्णय गरिसकेको छ । १९९६ मा श्रीलंका र भारतसँग मिलेर विश्वकपको आयोजना गरेपछि पाकिस्तानले आईसीसीको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलोपटक हो । तर, आईसीसीले सहभागी सबै टोलीले पाकिस्तान भ्रमण गर्ने विश्वास व्यक्त गरेको छ ।

“पक्कै पनि सबैले प्रतियोगितामा सहभागिता जनाउनेछन्,” आईसीसीका प्रमुख ग्राग बार्कलेले भने, “पाकिस्तानले प्रतियोगिता आयोजना गर्न सक्दैन भन्ने लाग्थ्यो भने हामीले उनीहरूलाई त्यो अवसर दिँदैनथ्यौँ । म विश्वस्त छु कि सबै देशलाई आवश्यक सुरक्षा व्यवस्था हुन्छ र सबै सहभागी हुनेछन् । यसमा म शतप्रतिशत विश्वस्त छु ।”c

Leave a Reply

Your email address will not be published. Required fields are marked *