आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद् बैठकले मनु साहनी पदमुक्त गरेको छ । बिहीबार आईसीसीको आपातकालीन बैठकले उक्त निर्णय गरेको हो । साहनीले निर्णय बिरुद्ध पाँच दिन भित्र पुनरावलोकन गर्न पाउनुहुनेछ ।
आईसीसीले जारी गरेको एक वक्तब्यमा कार्यकारी प्रमुख मनु साहनीलाई तुरुन्त लागू हुने गरी पदमुक्त गरिएको उल्लेख गरिएको छ । जियोफ अल्लारडाइस निमित्त कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको आईसीसीको वक्तब्यमा जनाइएको छ । निर्णय प्रकृयामा पक्ष विपक्षमा मतदान नभएको र परिषद्का कुनै निर्देशकको उक्त निर्णयमा आपत्ति नरहेको बताइएको छ ।
साहनी भने गत् मार्च महिनादेखि नै कार्यालय जानुभएको छैन् । अनुशासनिक सुनुवाइको क्रममा उहाँलाई निलम्बन गरिएपछि उहाँ कार्यालय जान छोड्नुभएको थियो ।
साहनीको ब्यवहारले आईसीसीका कर्मचारी प्रताडित भएको तथा परिषद्का सदस्यहरुसँग कुनै सहमति नै नलिई निर्णय गरेको लगायतका आरोप उहाँमाथि लगाइएको छ ।
सन् २०१९ को अप्रिलमा डेभ रिचर्डसनलाई बिस्थापित गर्दै आईसीसीको कार्यकारी प्रमुख नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *