मसँग डाह गरेर अनुमति नदिइएको हो : मुख्यमन्त्री

विदेश मन्त्रालयले मुख्यमन्त्री ममता ब्यानर्जीलाई रोम जाने अनुमति दिएन यसले ममता अनि तृणमूल नेताहरू क्षुब्ध भएका छन् । एउटा गैर सरकारी संगठनको निमन्त्रणमा ममताको ६ अक्टोबर रोम जाने कार्यक्रम थियो विदेश मन्त्रालयका संयुक्त सचिवले शनिवार बंगालको राज्य सचिवालय नवान्न लाई पत्र पठाएर अनुमति नदिइएको जानकारी दिए । यद्यपि कुन कारणले • तिनलाई रोम जाने अनुमति नदिएको भन्ने कुराको खुलासा भएको छैन। रोममा १६ अनि ७ अक्टोबर दुइ दिवसीय अन्तरराष्ट्रिय सम्मेलन आयोजन गरिएको छ, जसमा पोप अनि जर्मनीकी चान्सलर एजेला मर्केललाई पनि आमन्त्रित गरिएको छ। –

केन्द्र सरकारले रोम जाने अनुमति नदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी क्षुब्ध भइन् केन्द्रको नरेन्द्र मोदी सरकार अनि भाजपामाथि प्रहार गर्दै मुख्यमन्त्रीले प्रश्न गरिनु, प्रधानमन्त्री विदेश गए तर मलाई जाने अनुमति दिइएन, मसँग डाह गरेकोले गर्दा नै रोम जाने अनुमति नदिइएको हो । शनिवार भवानीपुर विधानसभा केन्द्रको ६३ नम्बर वार्डमा चुनाउ प्रचार सभाको अवधि ममता ब्यानर्जीले तिनलाई रोम जाने अनुमति नदिइएकोमा मोदी सरकार र भाजपाविरुद्ध क्षोभ व्यक्त गरेकी हुन् । केन्द्र सरकारले ममता ब्यानर्जीलाई रोम जाने अनुमति नदिएको कुरा शुक्रवार अबेर राति विदेश मन्त्रालयका संयुक्त सचिवले नवान्नमा एउटा पत्र पठाएर सूचित गरे । रोममा आउँदो ६ र ७ अक्टोबर आयोजना हुने शान्ति सम्मेलनमा पश्चिम बंगालकी मुख्यमन्त्रीलाई पनि आमन्त्रित गरिएको छ ।

तर त्यस सम्मेलनमा जानको निम्ति केन्द्रको विदेश मन्त्रालयले मुख्यमन्त्री ममता ब्यानर्जीलाई अनुमति दिएन । विदेश मन्त्रालयका संयुक्त सचिवले राज्य सचिवालय नवान्नमा एउटा पत्र पठाएर जनाए अनुसार जुन कार्यक्रममा पश्चिम बंगालकी मुख्यमन्त्रीलाई आमन्त्रित गरिएको छ, विदेश मन्त्रालयको विचारमा त्यो कार्यक्रममा एउटा राज्यका मुख्यमन्त्रीले अंशग्रहण गर्नु सामजस्यपूर्ण हुँदैन। ममता ब्यानर्जी सरकारलाई एउटा पत्र पठाएर जनाए अनुसार कार्यक्रममा राज्यकी मुख्यमन्त्री उपस्थित हुनु उपयुक्त हुँदैन ।

केन्द्रले रोम जाने अनुमति नदिएपछि नै ममता ब्यानर्जीले मोदी सरकार र भाजपाविरुद्ध क्षोभ व्यक्त गरेकी हुन् । शनिवार बेलुकी यहाँ ममता ब्यानर्जीले भनिन्, कोभ्याक्सिन लगाएका व्यक्ति अमेरिका र ब्रिटेन जान पाउँदैनन् किनभने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभ्याक्सिनलाई मान्यता दिएको छैन । विशेष अनुमति लिएर प्रधानमन्त्री गए पनि धेरैजना जान सकेनन् । प्रधानमन्त्री गए, जान दिनुहोस्, तर मलाई किन प्रतिनिधित्व गर्न दिइएन ? ममता ब्यानर्जीले भनिन्, त्यहाँ म गएर हिन्दुत्वको प्रतिनिधित्व गर्ने थिएँ, मुखमा ठूल्ठूला|

Leave a Reply

Your email address will not be published. Required fields are marked *