सुके खण्डको ग्राम सुधारक समिति निज गाउँ मगरजोङ चियाबारीको तत्त्वावधानमा वार्षिक कार्यक्रम सम्पन्न गरिएको छ। यस वार्षिक कार्यक्रमको अध्यक्षता समितिका सभापति धनकुमार मोक्तानले गरेका थिए। सचिव भक्त प्रधानले सञ्चालन गरेका कार्यक्रममा गाउँका तेह्रजना मेधावी विद्यार्थीहरूलाई सम्मान पत्र एवं नगद राशि प्रदान गरेर भव्यतापूर्वक सम्मान जनाइयो।
यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएसई, नीट परीक्षामा सर्वोत्कृष्ट अङ्क लिएर क्षेत्रको नाम रोशन गर्ने समाजका मेधावी विद्यार्थी क्रमैले फूलसाङ तामाङ, नवाङ्गी तामाङ, प्रयासना प्रधान, प्रियञ्जली प्रधान, अनमोल राई, सुजल राई, श्रवण प्रधान, रिहान राई, अन्वेषी प्रधान, मेघा प्रधान, आस्था तामाङ, नामग्याल तामाङ, अनन्त राईलाई बधाई एवं शुभकामनासितै सम्मान पत्र प्रदान गरियो। समाज भवनमा सम्पन्न गरिएको कार्यक्रममा समाजका पदाधिकारीवर्ग, सदस्यवर्ग एवं सचेत व्यक्तिहरूको पनि विशेष उपस्थित रहेको थियो।
मेधावी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम
