एचएन्डएम-ले गान्तोकमा आफ्नो नयाँ स्टोरसहित पूर्वोत्तर भारतमाआफ्नो उपस्थिति विस्तार गऱ्यो

टिकाउ अनि सर्वोत्तम मूल्यमा फेसन र गुणस्तरको लागि परिचित अन्तर्राष्ट्रिय खुद्रा बिक्रेता एच एन्ड एम इन्डियाले सिक्किमगान्तोकको आरिथाङस्थित वेस्टपोइन्ट मलमा आफ्नो नयाँ स्टोर खोल्ने घोषणा गरेको छ। यो शुरूआत एचएन्डएमको निम्ति एक महत्वपूर्ण कोसेढुङ्गा हो किनकि यसले क्षेत्रमा आफ्नो दोस्रो स्टोर शुरू गरेर उत्तरपूर्वी भारतमा आफ्नो बलियो उपस्थितिलाई दर्शाउँदछ।  १५४३ वर्ग मिटरमा फैलिएको यस नयाँ स्टोरले फराकिलो र स्वागतयोग्य वातावरण प्रदान गर्दछ, जसलाई ग्राहकहरूको निम्ति आनन्ददायी किनमेल अनुभव प्रदान गर्न तयार गरिएको हो। गान्तोकका निवासीहरूसम्म अब उसो   एचएन्डएमको व्यापक संग्रह पुग्नेछ जसमा महिला, डिभाइडेड, पुरुष र नानीहरूको फेसन सामेल छन्। महिलाहरूको लागि ६९९ रूपियाँ, पुरुषहरूको लागि ३९९ रूपियाँ र बालबालिकाहरूको लागि ३९९ रूपियाँदेखि शुरू हुने सुलभ मूल्यहरूको साथस्टोरमा सबैका लागि केही न केही छ भन्ने कुरा सुनिश्चित गर्दछ, जसले गर्दा एचएन्डएमको नवीनतम ट्रेन्डहरू सबै फेसन उत्साहीहरूका लागि सुलभ हुन सकुन। 

आफ्नो उत्साह साझा गर्दैएच एन्ड एम इन्डियाकी निर्देशक हेलेना कुल्येस्टेरिनाले भनिन्, “हामी एच एन्ड एमलाई जीवन्त र सांस्कृतिकरूपमा सम्वृद्ध शहर गान्तोकमा ल्याउन पाउँदा रोमाञ्चित छौं। यसशुरूवातले यस क्षेत्रका ग्राहकहरूलाई उच्च-गुणस्तर र दिगो फेसन प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। हामी गान्तोकमा बसोबासो गर्ने समुदायको एउटा अंग बन्न र यहाँ सबैको लागि किनमेल अनुभव बढाउन तत्पर छौं।” एचएन्डएमको वैश्विक स्थिरता प्रयासहरू अनुरूप, नयाँ स्टोरमागारमेन्ट कलेक्ट पहल पनि समावेश हुनेछ जसले ग्राहकहरूलाई कुनै पनि ब्रान्ड र कुनै पनि अवस्थामापुराना लुगा र लत्ता कपड़ालाई रिसाइक्लिङ गर्नका लागि प्रोत्साहित गर्नेछ। 

यस सुरुवातसँगै एचएन्डएमको अब http://www.hm.com मा अनलाइन उपलब्ध हुनुको साथै भारतका ३१ शहरहरूमा ६६ वटा स्टोरहरू सञ्चालन गर्दछ।

By Business Bureau