न्यायको माग गर्दै उच्च अदालतका वकिलहरु पनि सडकमा उत्रिएका छन्

जलपाईगुडी (न्युज एशिया): आरजी कार अस्पताल घटनामा न्यायको माग गर्दै उच्च अदालतका वकिलहरू पनि सडकमा उत्रिएका छन् । आरजी कार अस्पताल घटनामा न्यायको माग गर्दै जलपाईगुडी सर्किट बेन्च बार एसोसिएसनका वकिलहरू आज शहरको सडकमा उत्रिए।

कलकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चका वकिल आरजी कारको हत्यामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै एक उजुलस सडकमा उत्रिए। बार एशोसिएसनका सदस्यहरुले ‘हामी न्याय चाहन्छौं’ लेखिएको ब्यानर बोकेका थिए।

उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कलकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चका अध्यक्ष कमलकृष्ण बनर्जीले आरजी कारको हत्याको उचित र छिटो अनुसन्धानको माग गरेका छन्।