मोदीको कार्यक्रमपछि रोइन् हेमा मालिनी

बलिउड अभिनेत्री तथा मथुराबाट भाजपाकी सांसद हेमा मालिनी प्रयागराजमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमपछि रोइन्। परेड ग्राउण्डमा आयोजित मातृशक्ति कार्यक्रमबाट निस्कँदै गर्दा हेमा भीडको धक्का मुक्कीमा फसिन्। यसकारण हेमा यति तनाउमा भइन् कि उनको आँखाबाट आँसु नै आयो । यो देखेर सुरक्षामा खटेका पुलिस अधिकारीले मोर्चा सम्हाले र उनलाई त्यहाँबाट निकाले। यसैबीच अर्को एउटा नाटक पनि भयो । हेमा मालिनीलाई भेट्न जिद्दी गर्दै भाजपा एमएलसी सुरेन्द्र चौधरी पुलिससँग भिडे ।

वास्तवमा उनलाई पुलिसले हेमा मालिनीसम्म पुग्न रोकेका थिए । यसमाथि चौधरी भड्किएर भने, उनी हिरोइन नै त हुन्, भेट्न के समस्या छ ? अधिकारीले कसैलाई पनि भित्र जान अनुमति नभएको भन्दै उनलाई सम्झाए| पुलिसले रोकेपछि चौधरीले आफ्ना समर्थकसहित हंगामा गरे यो घटनालाई त्यहाँ उपस्थित मानिसले रेकर्ड गरे त्यसपछि चौधरीले भने, हेमा मालिनी सांसद हुन्, त्यसैले भेट्न चाहन्छु नरेन्द्र मोदी सभाका लागि प्रयागराज पुगेकी थिइन् उक्त कार्यक्रममा हेमाले मोदीको स्वागत गर्दै भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले नारीलाई नारायणी मानेर काम गरेका छन् । आज नारी घर चलाउन सक्छिन् भने देश पनि चलाउन सक्छिन्। संसदमा महिला सांसदको संख्या पहिलाको तुलनामा निकै धेरै छ । यस मामिलामा बिजेपी एक नम्बरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *