‘अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणको हेगले छानबिन गर्नुपर्छ’

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले अफगानिस्तानमा ‘निर्दोष मानिसहरू मार्ने’ अमेरिकी सेनामाथि हेगले अनुसन्धान गर्नैपर्ने माग गरेको छ ।

अगस्ट २९ मा अमेरिकी सेनाले एउटा ड्रोन आक्रमण गरेको थियो । सो आक्रमणमा दुई जना आतंकवादी मारिएको दाबी गरेको थियो । यद्यपि, हालैका दिनहरूमा अमेरिकी मिडियाले सो आक्रमणमा मारिने आतंकवादी नभई १० जना निर्दोष नागरिक रहेका बताएका छन् ।

Duber nepal
Agani Group

पेन्टागनले इस्लामिक स्टेटको योजनालाई विफल बनाइदिएको बताएको थियो । तर, पेन्टागनको दाबीलाई ग्लोबल टाइम्सले “एउटा शुद्ध झुट” भनको छ ।

गैर सैनिक क्षेत्रमा हवाइ हमला गरेर युद्ध क्षेत्रमा मात्र हवाइ हमला गर्ने किटान गरिएको दोहा सम्झौताको उल्लङ्घन गरेको र यो झण्डै युद्ध अपराध नै भएको भएको ग्लोबल टाइम्सको भनाइ छ ।

“अहिले त्यो सत्य बाहिर आएको छ”, ग्लोबल टाइम्स लेख्छ, “यो अपराधको अनुसन्धान गर्न इन्टरनेसनल क्रिमिनल कोर्ट आइसीसीलाई हामी दृढता पूर्वक माग गर्दछौँ ।”

“के अमेरिकी सेना र सरकारको तर्फबाट कुनै सत्यता छ ? विश्वभरीका मानिससँग यो प्रश्न उठाउने अधिकार छ,” ग्लोबल टाइम्सको निष्कर्ष छ, “यो मुद्दा यत्तिकै छोड्नु हुँदैन । हेगले कारबाही गर्नुपर्छ । राष्ट्रसंघले स्पष्टीकरण दिनुपर्छ । अन्तर्राष्ट्रिय रायले न्यायको माग गर्नुपर्छ ।”

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *