राज्यपाल सीवी आनन्द बोस परिवारसहित उत्तर बंगाल पुगे

राज्यपाल सीवी आनन्द बोस आफ्नो परिवारसहित उत्तर बंगाल पुगेका छन्।उनी बागडोग्रा एयरपोर्टमा अवतरण भएर राजभवनमा जी – २० सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनाहरूलाई सत्कार गर्न सिधै दार्जीलिंग प्रस्थान गर्नेछन। जी–२० सम्मेलन आजदेखि शुरु हुँदैछ। विभिन्न देशका १५१ जनाको प्रतिनिधिमण्डल यसअघि नै सिलगढी आइपुगेको छ। प्रतिनिधिमण्डलका सदस्यहरूले उत्तर बङ्गालको पर्यटनसँगै मकैबारी चिया बगान लगायत पहाडी क्षेत्रको अवलोकन गर्नेछन्। यसका साथै प्रतिनिधिमण्डलका सदस्यहरूले दार्जिलिङस्थित राजभवनको भ्रमण गर्नसक्ने छन्। त्यसैको निम्ति राज्यपाल सीवी आनन्द बोस आफ्नो परिवारसहित उत्तर बंगाल पुगेका हुन्। राज्यपालले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा रहेको बताए। प्रहरीले उक्त क्षेत्रमा कडा निगरानी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *