रिपोर्ट अनुसार अल्फाबेट इंकको गुगलले २ वर्षदेखि प्रयोग नगरिएका निष्क्रिय गुगल खाताहरू मेटाउने छ।
ह्याक लगायतका सुरक्षा खतराहरू रोक्नको लागि यो कदम चालिएको हो र यो नीति परिवर्तन विद्यालय वा व्यवसाय जस्ता संस्थाहरूको लागि नभई व्यक्तिगत खाताहरूको लागि मात्र लागू हुनेछ।
खाताहरू मेटाउँदा मेटिने विवरणहरूमा Gmail, Docs, Drive, Meet र क्यालेन्डर, साथै YouTube र Google Photos समावेश छन्। मेटाउनु अघि, सूचनाहरू खाता इमेल ठेगाना र निष्क्रिय गुगल खाताहरूको रिकभरी मेलमा पठाइनेछ।