कूचबिहार शाही कालको शताब्दीयौं पुरानो श्री करुणामयी मन्दिरमा चोरीको घटनाले पुरै क्षेत्रमा सनसनी फैलाएको छ । घटना कुचबिहार नगरपालिकाको वार्ड नम्बर १५ को हो। सोमबार बिहान मन्दिर समितिका सदस्य मन्दिरमा आएपछि मन्दिरका सबै तालाहरु खुलेका थिए । समितिले प्रहरीलाई खबर गरेपछि कुचबिहारको कोतवाली थानाको प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा मन्दिरको कुल ९ वटा ताला फुटेको खुलेको छ । सुरुमा मन्दिरबाट करिब १०० ग्राम सुनका गरगहना चोरी भएको अनुमान गरिएको छ । प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ ।