5000 वर्ग फिटको स्टोर खोलेर गोदरेज इण्टेरियोको सिलगढ़ीमा विस्तार, 6 करोड़ राजस्वको लक्ष्य

गोदरेज इण्टरप्राइजेज समूहको घर तथा अफिस फर्निचर ब्राण्ड गोदरेज इण्टेरियोले पश्चिम बङ्गालमा आफ्नो रिटेल फूटप्रिण्ट दह्रो पार्दै सिलगढ़ीमा नयाँ 5000 वर्ग फिटको स्टोर आरम्भ गरेको छ। यो विस्तार ग्राहक अनुभव सुधार्ने अनि उच्च गुण स्तरको गृह समाधानको बढ्दो मागलाई पूरा गर्ने ब्राण्डको रणनीतिसँग मेल खान्छ।

नयाँ आउटलेटको महत्त्वमाथि जोड़ दिँदै गोदरेज इण्टेरियोका कञ्ज्युमर बिजिनेसका हेड तथा भाइस प्रेसिडेण्ट डा. देव नारायण सरकारले भने, “सिलगढ़ीमा हाम्रो नयाँ स्टोरले आधुनिक भारतीय घरहरूका लागि कार्यात्मक र सौन्दर्यात्मक फर्निचर प्रदान गर्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ। बलियो ब्राण्ड पहिचान र रणनीतिक अवस्थानको कारण वित्तीय वर्ष 2026 सम्म वार्षिक 6 करोड़ रुपियाँको राजस्व आउने हामीले आशा गरेका छौँ।” कम्पनीले आर्थिक वर्ष 26 सम्म पश्चिम बङ्गालभरि 15 थप स्टोरहरू खोल्ने योजना बनाएको छ अनि आगामी तीन वर्षमा 20% वृद्धिको लक्ष्य राखेको छ। यसको साथै पश्चिम बङ्गालबाट 175 करोड़ रुपियाँ र पूर्वी क्षेत्रबाट 350 करोड़ रुपियाँको राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ।

उत्तर बङ्गालको व्यावसायिक केन्द्र रहेको सिलगढ़ीमा रियल स्टेटको वृद्धिसितै उच्च गुणस्तरको फर्निचरको माग तीव्र रूपमा बढ़िरहेको छ। सेभोक रोडमा अवस्थित नयाँ इण्टेरियो स्टोरले यस बजारलाई लक्षित गर्दै घर तथा अफिस फर्निचर, गद्दा, डाइनिङ समाधानहरू र भण्डारणका विकल्पहरू प्रदान गर्नेछ। स्टोरको उद्घाटनमा विशेष छुट, विशेष प्रारम्भिक अफरहरू र ₹10,000 बराबरको एमाजोन भौचर जित्ने अवसर छ। गोदरेज इण्टेरिओ आफ्नो ओम्नीच्यानल उपस्थितिलाई सशक्त बनाउन डिजिटल प्रविधि र स्वचालनमा लगानी गरिरहेको छ। अपमड्स सिरिज, क्रिएसन्स एक्स3 र स्टील किचन 2.0 जस्ता नवीनतम प्रविधिहरूमार्फत ब्राण्डले आधुनिक घरहरू र अफिसहरूका लागि अनुकूलनयोग्य र एर्गोनोमिक समाधानहरू प्रदान गर्न निरन्तर प्रयास गरिरहेको छ।

By Business Bureau