एक अग्रणी विविधतायुक्त कृषि-व्यवसाय कम्पनी गोदरेज एग्रोभेट लिमिटेड (गोदरेज एग्रोभेट)ले आज सुँगुरको जीवनचक्रको प्रत्येक चरणमा अत्यावश्यक पोषण प्रदान गर्न डिजाइन गरिएको वैज्ञानिकरूपमा विकसित सुँगुरको आहार श्रृंखला गोदरेज प्राइड हगको सुरुवात गर्ने घोषणा गरेको छ। यस श्रृंखलामा स्टार्टर, ग्रोवर र फिनिशर भेरियन्टहरू समावेश छन्, जसले उत्तम स्वास्थ्य, प्रतिरक्षा र शारीरिक विकासको लागि सन्तुलित पोषण सुनिश्चित गर्दछ। यस शुरूआतको एक अंशको रूपमा, गोदरेज एग्रोभेटले अफ्रिकन स्वाइन फिभर (एएसएफ) विरुद्ध रोकथाम उपायहरू र सुँगुर फर्म व्यवस्थापनका लागि सर्वोत्तम अभ्यासहरूलाई सम्बोधन गर्न गौहाटीमा गोलमेज चर्चा आयोजना गर्यो। कार्यक्रममा असम पशुधन तथा पोल्ट्री कर्पोरेशन लिमिटेडका महाप्रबन्धक डा. पूर्णानन्द कुँवर र क्याप्टेन (डा) ए. वाई. राजेन्द्र, सीईओ, एनिमल फिड बिजनेस, गोदरेज एग्रोवेट सामेल थिए।
यस शुभारम्भको बारेमा टिप्पणी गर्दै गोदरेज एग्रोभेटका प्रबन्ध निर्देशक बलराम सिंह यादवले भने, “देशको ९० लाख सुँगुर जनसंख्याको आधा अंश उत्तर पूर्वमा रहेको छ अनि सुँगुर पालन मसिना र सीमान्त किसानहरूको लागि जीविकाको एउटा महत्त्वपूर्ण स्रोत हो। किसान परिवारहरूको उत्थान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप, प्राइड हगले सुँगुरको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र अधिकतम शारीरिक विकासको सम्भावनालाई सुनिश्चित गर्ने उच्च गुणस्तर, अनुसन्धान-समर्थित फिड समाधान प्रदान गर्दछ। हामी विश्वस्त छौं कि यसले कृषकको लाभ र उत्पादकत्वमा सुधार ल्याउन सहयोग पुराउनेछ।” वर्ष २०२० मा पहिलोपल्ट पहिचान भएदेखि, एएसएफले उत्तर पूर्वमा सुँगुर किसानहरूका लागि महत्त्वपूर्ण चुनौतीहरू खडा गरेको छ। यस अत्यधिक संक्रामक भाइरल रोगले घरेलु र जंगली सुँगुरहरूलाई प्रभावित गर्दछ जसले गर्दा यसको उच्च मृत्यु दरको कारणले गम्भीर आर्थिक परिणामहरू निम्त्याउँछ।
असम पशुधन र पोल्ट्री कर्पोरेशन लिमिटेडका महाप्रबन्धक डा. पूर्णानन्द कुँवरले भने, “एएसएफ प्रकोपप्रति लागि उत्तर पूर्वको संवेदनशीलता रोकथामका उपायहरू र आधुनिक सुँगुर पालन अभ्यासहरूको तत्काल आवश्यकतामाथि प्रकाश पार्दछ। राष्ट्रिय पशुधन मिशनजस्ता पहलहरूले किसान र व्यवसायहरूलाई यस क्षेत्रलाई सहज बनाउन वैज्ञानिक दृष्टिकोण अपनाउन ससयोग गरिरहेका छन्।” भ्याक्सिनको अभावमा, एएसएफको प्रभावकारी व्यवस्थापन कठोर बायोसेक्युरिटी प्रोटोकल, नियन्त्रित सुँगुरको आवागमन, क्वारेन्टाइन अवधि र आवश्यक सर सफाई कायम गर्नेजस्ता रोकथाम उपायहरूमाथि निर्भर हुन्छ। यसबाहेक, रोगको प्रभावलाई घटाउनको लागि प्रतिरक्षा बढाउने उच्च-गुणस्तरको आहार प्रदान गर्नु महत्त्वपूर्ण छ। प्राइड हगको पोषण सम्बन्धी फाइदाहरूबारे बोल्दै गोदरेज एग्रोभेटको एनिमल फिड बिजनेसका सीईओ क्याप्टेन (डा) ए.वाई. राजेन्द्रले भने, “प्राइड हग आहारमात्र होइन – यो हरेक सुँगुरको विकास चरणमा सुँगुरहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न तयार गरिएको एक व्यापक पोषण समाधान हो। सुँगुरका पाठाहरूको मृत्युदर र झाडापखाला रोक्नदेखि लिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन, हाम्रो आहारले तीव्र वृद्धि र समग्र स्वास्थ्यलाई सुनिश्चित गर्छ।”
प्राइड हग आहार श्रृंखलामा प्राइड हग स्टार्टर सुँगुरका पाठाहरूको लागि (२ हप्तादेखि २ महिनासम्म); २० ग्राम देखि १ किलो प्रतिदिन; प्राइड हग ग्रोवर: सुँगुरहरूको लागि (२ देखि ४ महिना); १.२ देखि २.६ केजी प्रतिदिन; प्राइड हग फिनिशर: सुँगुरहरूको लागि (ट्रेडिंगका लागि ४ महिना); २.८ देखि ३.५ केजी प्रतिदिन समावेश छ। यो चरणपछिको दृष्टिकोणले सुँगुरको जीवनचक्रमा अत्याधिक पोषण र सहजता सुनिश्चित गर्दछ। गोदरेज एग्रोभेटको पशु आहार व्यवसायले प्रतिबन्धित फार्म पहुँच, उपकरण कीटाणु शोधन, सुँगुरलाई छुट्याउने र स्वच्छता देखरेखजस्ता जैविक सुरक्षा उपायहरू मार्फत निवारक स्वास्थ्य सेवामाथि जोड दिन्छ। प्राइड हगको शुरुवातले पशुधनको स्वास्थ्य र किसानको उत्पादकत्वमा सुधार गर्ने दिगो, विज्ञान-संचालित समाधानहरूका साथ किसानहरूलाई सशक्त बनाउने कम्पनीको प्रतिबद्धतामाथि जोड दिन्छ।