सामुदायिक स्वास्थ्य र कल्याणलाई सुदृढ़ पार्दै ग्लेनमार्क फार्मास्युटिकल्सद्वारा सिक्किममा स्वास्थ्य र कल्याण केन्द्रहरू (उप-स्वास्थ्य केन्द्रहरू) को स्तरोन्नति

एक विश्वव्यापी अनुसन्धान-सञ्चालित औषधी कम्पनी ग्लेनमार्क फार्मास्युटिकल्सले आफ्नो सीएसआर शाखा ग्लेनमार्क फाउण्डेशनमार्फत सिक्किममा सामुदायिक स्वास्थ्य वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। कम्पनीले हालै मार्चक र तुम्लाबोङमा स्वास्थ्य र कल्याण केन्द्र (उप-स्वास्थ्य केन्द्रहरू) को स्तरोन्नतिलाई समर्थन गरेको छ जसले यस क्षेत्रमा स्वास्थ्य सेवा वितरणमा उल्लेखनीय सुधार ल्याएको छ। यो पहल ग्लेनमार्कको ‘स्वस्थ र सुखी संसारका लागि जीवनलाई समृद्ध बनाउने’ व्यापक सीएसआर दृष्टिकोणको एक हिस्सा हो। स्वास्थ्य र कल्याण केन्द्रलाई प्रदान गरिएको सहयोग सरकारको स्वच्छ भारत अभियानसित मिल्दोजुल्दो छ र कायाकल्प कार्यक्रमअन्तर्गत आवश्यक स्रोतहरू प्रदान गर्न केन्द्रित छ। यस सहकार्यले सार्वजनिक स्वास्थ्य सेवाहरू बढ़ाउने र स्थानीय समुदायहरूका लागि जीवनको समग्र गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। ग्लेनमार्कको सिक्किमका जनताप्रति समर्पण यसको प्रमुख कार्यक्रम हेल्थ अन ह्वील फर चिल्ड्रेन-मार्फत स्पष्ट छ। यो कार्यक्रम आठ वर्षभन्दा अधिक समयदेखि चलिरहेको छ। यो मोबाइल स्वास्थ्य सेवा सेवाले 16 दुर्गम गाउँहरू अनि 33 वटा आँगनबाड़ीहरूलाई समेट्छ जसले 23,000 भन्दा अधिक जनसङ्ख्यालाई सेवा दिन्छ। स्वास्थ्य सेवा पेशेवरहरूसहितको कर्मचारी, मोबाइल एकाइले परामर्श, निःशुल्क औषधी, स्वास्थ्य शिक्षा, फलो-अप र रेफरलहरूसहित आवश्यक सेवाहरू प्रदान गर्दछ। यसले 6 वर्ष मुनिका बालकबालिकासितै गर्भवती र स्तनपान गराउने महिलाहरूले समयमै र पहुँचयोग्य स्वास्थ्य सेवा सहयोग प्राप्त गर्ने सुनिश्चित गर्दछ।


स्वास्थ्य सेवामा पहुँच सुधार गरेर, शैक्षिक अवसरहरू बढ़ाएर र समुदायहरूको विकासलाई समर्थन गरेर ग्लेनमार्कको सीएसआर पहलहरूलाई दिगो प्रभाव सिर्जना गर्न डिजाइन गरिएको छ। कम्पनीले हालै कक्षाकोठा स्तरोन्नतिसित गान्तोकको वेस्ट पोइण्ट वरिष्ठ माध्यमिक विद्यालयलाई सहयोग गरेको छ। यी प्रयासहरूको उद्देश्य सेवाबाट वञ्चित पृष्ठभूमिका विद्यार्थीहरूका लागि डिजिटल सिकाइ र शैक्षिक परिणामहरू बढ़ाउनु हो। त्यससितै सुरक्षा र पहुँच सुधार गर्न ग्लेनमार्कको सुविधा वरपरका धेरै स्थानहरूमा लगभग 60 वटा सोलार लाइटहरू दान गरिएको थियो।


“हाम्रो वरपरका समुदायहरूमा दिगो प्रभाव सिर्जना गर्नु ग्लेनमार्कमा हाम्रो मुख्य उद्देश्य हो। समावेशी र दिगो विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दै हाम्रा प्रयासहरू जिम्मावारीको बलियो भावनाद्वारा निर्देशित छन्। जीवनलाई उत्थान गर्ने र जमीनी स्तरमा वास्तविक आवश्यकताहरूलाई प्रतिक्रिया दिने प्रगति अर्थपूर्ण हुने हामी विश्वास गर्छौँ। सुन्न, संलग्न हुन र उद्देश्यसहित कार्य गर्न जारी राखेर हामी सकारात्मक परिवर्तन ल्याउने र सामाजिक उत्तरदायित्वका लागि बलियो मापदण्डहरू सेट गर्ने लक्ष्य राख्छौँ,” ग्लेनमार्क फार्मास्युटिकल्स लिमिटेडका सिक्किमका मेनुफ्याक्चरिङ हेड विजय कुमार मङ्गलाले भने।

By Business Bureau