कांग्रेस नेता गुलाम नबी आजाद र राज्यका लोकसभा सांसद मनीष तिवारीलाई फरवरी २० मा हुने पञ्जाब विधानसभा चुनाउको लागि पार्टीको स्टार प्रचारकहरूको नाममा समावेश गरिएको छैन। कांग्रेसले पञ्जाबका लागि ३० ‘स्टार प्रचारक’ को सूची जारी गयो, जसमा सोनिया गान्धी, मनमोहन सिंह र राहुल गान्धीको नाम समावेश छ।आजाद र तिवारी जी – २३ का प्रमुख सदस्यहरू हुन्, , जसले पार्टीमा आमूल परिवर्तनको माग गर्दै पार्टी नेतृत्वलाई पत्र लेखेका थिए।
यी व्यक्तिहरूले पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् गुलाम नबी आजादलाई हालै भारत सरकारले पद्मभूषण सम्मान प्रदान गरेको छ । यद्यपि, ज-२३ का केही अन्य सदस्यहरू जस्तै आनन्द शर्मा र भूपिन्दर सिंह हुड्डा पञ्जाबका स्टार प्रचारकहरू हुन् । प्रचारकहरूको सूचीमा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट पनि छन्, जसले यसअघि कांग्रेसविरुद्ध विद्रोह गरेका थिए । मनिष तिवारी पञ्जाबबाट एकमात्र हिन्दू सांसद हुन् यति हुँदाहुँदै पनि उनको नाम स्टार प्रचारकको सूचीमा परेको छैन । तर, पञ्जाबका अर्का सांसद रवनीत सिंह बिलाई सूचीमा समावेश गरिएको छ। प्रियंका गान्धी वाड्रा, हरिश चौधरी, पीसीसी प्रमुख नवजोत सिंह सिद्धू, मुख्यमन्त्री चरणजीत सिंह चान्नी, अम्बिका सोनी र पूर्व अध्यक्ष मीरा कुमार पनि यो सूचीमा परेका छन् यसबारे प्रतिक्रिया दिँदै मनिष तिवारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि यो अर्को तर्फबाट भएको भए मलाई सुखद आश्चर्य लागेको थियो यसो गर्नुको कारण अब गोप्य छैन।
कांग्रेसका स्टार प्रचारकहरूको सूचीमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड़, प्रताप सिंह बाजवा, अजय माकन र रणदीप सुरजेवालाको नाम समावेश छ। यी बाहेक हरियाणा कांग्रेस अध्यक्ष कुमारी सेलजा, पार्टी नेता राजीव शुक्ला, रञ्जित रञ्जन, डिसुजा, बीवी श्रीनिवास, इमरान प्रतापगढ़ी, अमरिंदर सिंह राजा वारिंग, अमृता धवन, रामिन्दर अवला र ताजिन्दर सिंह बिट्टु पनि ३० जनाको स्टार प्रचारकहरू सूचीमा परेका छन् ।