जोर्ज फ्लोइड मृत्यु प्रकरण: पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्ष छ महिनाको जेल सजाय

अफ्रिकी-अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।

न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि ‘उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनु’ रहेको छ।

४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।

Click here to view source

Leave a Reply

Your email address will not be published. Required fields are marked *