जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सद्वारा सिक्किममा ‘लाइफ–सपोर्ट’ एम्बुलेन्स सहयोग: स्वास्थ्य सेवामा समुदायको पहुँच थप सहज बन्ने

सिक्किमकै एक अग्रणी निजी जीवन बीमा कम्पनी तथा प्रमुख बीमा कम्पनीको रूपमा रहेको जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सले सर थुटोब नामग्याल मेमोरियल (STNM) अस्पताललाई दुईवटा पूर्ण सुविधायुक्त लाइफ–सपोर्ट एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेको छ। यो पहलले यस क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई सुदृढ गर्दै आकस्मिक सेवालाई थप प्रभावकारी बनाउने कम्पनीको प्रतिबद्धतालाई अझ स्पष्ट पारेको छ।

सन् २०२२ देखि सिक्किमको प्रमुख बीमा कम्पनीको रूपमा रहेको जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सले राज्यभर वित्तीय साक्षरता जगाउन र दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्न निरन्तर काम गर्दै आएको छ। सिक्किमप्रतिको आफ्नो दृढ प्रतिबद्धता तथा आजीवन साझेदार बन्ने संकल्पलाई आत्मसात् गर्दै, यस पहलले सुरक्षा र बीमाको दायराभन्दा माथि उठेर समुदायलाई सबैभन्दा आवश्यक परेको समयमा साथ दिनु नै साँचो साझेदारीको सार हो भन्ने कम्पनीको मर्मलाई उजागर गरेको छ।

गान्तोकस्थित सिक्किमकै बृहत्तम स्वास्थ्य संस्थाको रूपमा रहेको सर थुटोब नामग्याल मेमोरियल अस्पतालमा अत्याधुनिक लाइफ–सपोर्ट प्रणालीसहितका एम्बुलेन्स थपिएपछि यसको आकस्मिक स्वास्थ्य सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुनेछ र गान्तोक तथा आसपासका क्षेत्रका समुदायले प्रत्यक्ष लाभ पाउनेछन्। विशेषगरी स्वास्थ्य सेवामा पहुँच सीमित रहेका दुर्गम तथा पहाडी क्षेत्रहरूबाट बिरामीलाई छिटो र प्रभावकारी रूपमा स्वास्थ्य संस्थासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएका यी एम्बुलेन्सहरूले स्वास्थ्य सेवामा रहेको महत्वपूर्ण अभावलाई सम्बोधन गर्न मद्दत गर्नेछन्। यसले सिक्किमका नागरिकहरूलाई आपतकालीन अवस्थामा द्रुत सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवा प्रदायकहरूमाथिको चाप कम गर्दै समग्र सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउनेछ।

यस पहलबारे आफ्नो धारणा राख्दै जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सका एम.डी तथा सि.ई.ओ श्री आलोक रुँगटा ले भन्नुभयो, “जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्समा हाम्रो भूमिका सुरक्षा प्रदान गर्ने मात्र नभई सोभन्दा माथि उठेर विश्वसनीय आजीवन साझेदार बन्नु हो। वास्तवमा भन्ने हो भने, जीवन बीमाको मूल मर्म नै मानिसहरूलाई सर्वाधिक आवश्यक परेको बेला दह्रो साथ दिनु हो। यी एम्बुलेन्सहरू आपतकालीन एवं संकटको घडीमा स्थानीय समुदायसम्म समयमै स्वास्थ्य सेवा पुर्‍याउन चालिएको एउटा महत्त्वपूर्ण कदम हो। यसले स्वास्थ्य सेवा र आकस्मिक उद्धार प्रणालीमा नागरिकको पहुँच बढाउने हाम्रो प्रतिबद्धतालाई अझ प्रष्ट पारेको छ। भविष्यतर्फ नियाल्दा, हाम्रो ध्यान राज्यमा एउटा बलियो र समावेशी इकोसिस्टम निर्माण गर्नेतर्फ केन्द्रित हुनेछ। यसका लागि हामी वित्तीय साक्षरता बढाउने, बीमाको पहुँच नपुगेका समुदायसम्म यसलाई फैलाउने र दीर्घकालीन प्रभाव पार्न स्थानीय संस्थाहरूसँग मिलेर काम गर्ने योजनामा छौं। सामुदायिक पहुँच र तल्लो तहसम्म सेवा विस्तारका लागि निरन्तर लगानी गर्दै हामी सिक्किमका प्रत्येक घरधुरीको आर्थिक सबलीकरण र सुख-समृद्धिमा एउटा भरोसायोग्य साझेदार बन्ने लक्ष्य राखेका छौं।”

यस पहलका बारेमा आफ्नो विचार साझा गर्दै सिक्किम सरकारका वित्त निर्देशक तथा नोडल अधिकृत श्री महेन्द्र प्रधान ले भन्नुभयो, “हामी यी अत्याधुनिक एम्बुलेन्स सेवाको सुरुवातलाई स्वागत गर्दछौं। यो पहलले राज्यका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने र आपतकालीन चिकित्सा सेवामा नागरिकको पहुँच बढाउने जेनेराली सेन्ट्रल भाईस इन्स्योरेन्सको प्रतिबद्धतालाई प्रष्ट पारेको छ। यस सहयोगका अतिरिक्त, कम्पनीले सिक्किमभर बीमा सम्बन्धी जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले हाम्रा नागरिकहरूको सुख-समृद्धि र आर्थिक सुरक्षाप्रतिको कम्पनीको गहिरो दायित्वबोधलाई दर्शाउँछ। सन् २०४७ को भारतको राष्ट्रिय लक्ष्यभन्दा धेरै अगाडि, अर्थात् सन् २०२७ सम्ममा सिक्किममा ‘सबैका लागि बीमा’ सुनिश्चित गर्ने हाम्रो लक्ष्य हासिल गर्न सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र सहकार्य अत्यावश्यक हुनेछ। प्रत्येक नागरिकका लागि समावेशी सुरक्षा र सेवा पुर्‍याउने हाम्रो यो साझा सपनालाई साकार पार्न यस्ता साझेदारीहरू कोसेढुङ्गा साबित हुनेछन्।

यस कार्यको महत्त्वमाथि प्रकाश पार्दै सिक्किम सरकारका माननीय स्वास्थ्य मन्त्री श्री जी.टी. ढुङ्गेल ले भन्नुभयो, “यो पहल सार्वजनिक स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन साझेदारीहरू कतिसम्म प्रभावकारी हुन सक्छन् भन्ने कुराको एउटा बलियो उदाहरण हो। यी एम्बुलेन्सहरू थपिएसँगै आपतकालीन उद्धार प्रणालीमा सुधार आउनेछ र सिक्किमभर समयमै चिकित्सा सेवा सुनिश्चित गर्न मद्दत पुग्नेछ। यस्तो सह्रानीय सहयोगका निम्ति हामी जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”

समयमै स्वास्थ्य सेवा पुग्नुको महत्त्वलाई जोड दिँदै जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सका चिफ थर्ड पार्टी डिस्ट्रिब्युसन अफिसर श्री सर्वेश कुमार मिश्रा ले भन्नुभयो, “सिक्किम जस्तो भौगोलिक विकटता भएको राज्यमा दुर्गमभन्दा दुर्गम क्षेत्रसम्म पहुँच बढाउनु अत्यावश्यक छ। यो आर्थिक सुरक्षाका लागि मात्र नभएर, समयमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। अत्याधुनिक लाइफ-सपोर्ट एम्बुलेन्स सेवा सञ्चालन जस्ता पहलहरूले दुर्गम क्षेत्रका समुदायहरूका लागि यस्ता सेवागत अभावहरूलाई हटाउन र पहुँच बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्समा हाम्रो मुख्य ध्यान तल्लो तहसम्म एउटा बलियो सञ्जाल निर्माण गर्दै नागरिकहरूमा बीमा सम्बन्धी चेतना, यसको सहज पहुँच र आपसी विश्वासलाई अझ मजबुत बनाउनु हो। राज्यको प्रमुख बीमा कम्पनीको रूपमा, हामी बीमाको पहुँचलाई अझ व्यापक बनाउन र सुरक्षालाई हरेक परिवारको दैनिक आर्थिक योजनाको एउटा अभिन्न अङ्ग बनाउन स्थानीय संघ–संस्था तथा सरोकारवालाहरूसँग मिलेर निरन्तर काम गरिरहेका छौं।”

कम्पनीले अस्पताल परिसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो। उक्त रक्तदान कार्यक्रमले स्थानीय समुदायको स्वास्थ्य र सुख-समृद्धिका लागि सधैं तत्पर रहने कम्पनीको संकल्पलाई अझ प्रष्ट पारेको छ। यसको मुख्य उद्देश्य स्वास्थ्य सेवालाई नागरिकको थप सहज पहुँचमा पुर्‍याउनुका साथै आर्थिक सुरक्षा र अत्यावश्यक स्वास्थ्य सेवा उपलब्धता बीच सुमधुर समन्वय स्थापित गर्नु हो।

यस समुदाय-केन्द्रित प्रयासको बृहत्तर प्रभावबारे प्रष्ट पार्दै, जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सकी चिफ मार्केटिङ अफिसर तथा सिक्किमका लागि इन्डिया प्रोजेक्ट हेड सुश्री गीताञ्जली चुघ कोठारीले भन्नुभयो,  “सन् २०२२ देखि हामीले वित्तीय साक्षरतालाई मजबुत बनाउने उद्देश्यका साथ लक्षित अभियानहरू, स्थलगत कार्यशालाहरू र सामुदायिक संलग्नताका कार्यक्रमहरू मार्फत सिक्किमभर बीमा सम्बन्धी जनचेतना जगाउन र जीवन बीमाको पहुँच विस्तार गर्नमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छौं। यो एम्बुलेन्स सहयोग सामुदायिक कल्याणप्रतिको हाम्रो उच्च प्रतिबद्धताको एउटा अकाट्य प्रमाण हो। यसले आपतकालीन उपचारमा नागरिकको समयमै पहुँच सुनिश्चित गर्नुका साथै भुइँतहमा वास्तविक र अर्थपूर्ण प्रभाव छाड्ने हाम्रो लक्ष्यलाई अझ बलियो बनाएको छ।

यस पहलका बारेमा आफ्नो धारणा राख्दै सर थुटोब नामग्याल मेमोरियल अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुथ योन्जन ले भन्नुभयो, “यो प्रभावकारी सहयोगका लागि हामी जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। सिक्किम जस्तो भौगोलिक बनावट भएको राज्यमा, जहाँ कठिन बाटोका कारण उपचारमा ढिलाइ हुन सक्छ, यी लाइफ-सपोर्ट एम्बुलेन्सहरूले आकस्मिक स्वास्थ्य सेवालाई थप सुदृढ बनाउनेछन्। यो साझेदारीले हरेक नागरिकलाई समयमै गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्ने हाम्रो लक्ष्यलाई अझ नजिक पुर्‍याएको छ।”

सिक्किमको प्रमुख बीमा कम्पनीको रूपमा जेनेराली सेन्ट्रल लाइफ इन्स्योरेन्सले सहरी तथा ग्रामीण दुवै भेगमा जनचेतना जगाउँदै र सेवालाई सरल बनाउँदै बीमाको पहुँचलाई थप व्यापक बनाउन लक्षित प्रयासहरू गर्दै आएको छ। आफ्नो ग्रामीण र सामाजिक क्षेत्र दायित्व अन्तर्गत, जेनेराली सेन्ट्रल लाइफले मे ३१, २०२६ सम्ममा सिक्किमका ६,५०० भन्दा बढी मानिसहरूलाई बीमा कभरेज प्रदान गरेको छ। यो पहल सिक्किम सरकार, नियामक निकायहरू, र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक, राज्य प्रहरी एवं ग्राम पञ्चायत जस्ता प्रमुख संस्थाहरूसँगको निकट समन्वयमा गरिएको हो। यसले नियामक निकाय आईआरडीएआई (IRDAI) को ‘सन् २०४७ सम्म सबैका लागि बीमा’ को परिकल्पनालाई पूर्ण रूपमा सघाउ पुर्‍याउँछ। यसका साथै, स्थलगत रूपमै उत्पादन बुकलेट वितरण गरेर यस प्रयासलाई थप सुदृढ बनाइएको छ। बुकलेटले सरकारी बीमा योजनाहरूलाई सरल भाषामा बुझाउन र तल्लो तहसम्म प्रभावकारी सञ्चार स्थापित गर्न मद्दत पुर्‍याएको छ।

कम्पनीले ग्राम पञ्चायत एकाइहरूसँगको समन्वयमा ग्रामीण क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गर्न व्यवस्थित र प्रभावकारी मोडेल सञ्चालनमा ल्याएको छ, जसले विभिन्न जिल्लाका स्थानीय समुदायहरूसँग निरन्तर संवाद र प्रभावकारी अन्तर्क्रिया कायम राख्न मद्दत गर्छ। यस प्रयासलाई सडक नाटक, ग्रामीण भेगका लक्षित कार्यक्रम, बाह्य होर्डिङ बोर्ड तथा छापा विज्ञापन जस्ता स्थानीय स्तरका सघन गतिविधिहरू र आम सञ्चारको बलियो समिश्रण मार्फत थप प्रभावकारी बनाइएको छ। विद्यार्थी, युवा, प्रहरी कर्मचारी, महिला स्वयंसहायता समूह, पञ्चायत प्रतिनिधि, कृषक, ट्याक्सी चालक, एनजीओ, र स्थानीय सामुदायिक समूह जस्ता विभिन्न लक्षित वर्गहरूमा केन्द्रित विशेष कार्यक्रमहरूले वित्तीय साक्षरता र सचेतना बढाउन उल्लेखनीय योगदान पुर्‍याएको छ। समग्रमा, यी एकीकृत प्रयासहरूले बृहत् एवं समावेशी पहुँचको मोडल तयार गर्नुका साथै स्थानीय साझेदारी, रोजगारी सिर्जना र राज्यभर एक सबल वितरण सञ्जाल मार्फत दीर्घकालीन वृद्धिका लागि एउटा बलियो जग बसालेका छन्।

By Business Bureau