भारतको अग्रणी फोहोर प्रबन्धन कम्पनी हुल्लाडेक रिसाइक्लिङ प्राइवेट लिमिटेडले राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमसँग मिलेर गान्तोक, सिक्किममा ई-फोहोर प्रबन्धन सेवाहरू सफलतापूर्वक शुरु गरेको छा वन सचिवालय, गान्तोकमा आयोजित यस शिखर सम्मेलनमा सिक्किममा ई-फोहोर प्रबन्धन अनि पुनर्चक्रणसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरू अनि रणनीतिहरूमाथि चर्चा गर्नको निम्ति प्रमुख हितधारकहरूलाई एक साथमा ल्यायो।
उनले राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किम अनि गोदरेजको सहयोगबाट ई-फोहोर उत्पादकहरू, पुनर्चक्रणकर्ताहरू अनि थोक उपभोक्ताहरूको निम्ति क्षमता निर्माण कार्यक्रमको पनि आयोजन गयो। शिखर सम्मेलनमा सिक्किम सरकारको वन तथा वातावरण विभागका सचिव एवं वनपाल डा. प्रदीप कुमार, आईएफएस, राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमका सदस्य सचिव एन. डब्ल्यू, तामाङ, आईएफएस (सेवानिवृत्त), राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किम, राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमका वातावरणीय कार्यकारी अभियन्ता रज्जन राई र हुललाहेक रिसाइक्लिङ प्राइभेट लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक नन्दन मल्ल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
“हामी दिगो फोहोर व्यवस्थापन अभ्यासहरूलाई प्रवर्द्धन गर्ने पहलहरूलाई समर्थन गर्न समर्पित छौं,” एन. डब्ल्यू, तामाङ, आईएफएस (सेवानिवृत्त), सदस्य सचिव, राज्य प्रदूषण नियन्त्रण बोर्ड, सिक्किमले भने। गान्तोकका उद्योगीहरूसँग सहकार्य गर्नाले हाम्रा क्षमताहरू बलियो हुन्छन् र हाम्रो पहुँच विस्तार हुन्छ,” हुल्लाहेक रिसाइक्लिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दन मल्लले भने।