40 किलो गाजासहित चारजनालाई सिलगढ़ी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थाना पुलिसले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको कार्वाहीमा सिलगढ़ीको तेञ्जिङ नोर्गे बस टर्मिनलमा बसको प्रतीक्षामा रहेका ती चार युवाहरूलाई पक्राउ गरिएको हो। तिनीहरूसित रहेका चारवटा झोलामा खोजी गर्दा 40 किलो गाजा फेला पऱ्यो। पक्राउ परेकाहरूको नाम दीपचन्द बर्मन, अजिजुल रहमान, दुर्जोधन दास र सञ्जय दास हो। सबै कोचबिहारको शीतलकुचीका वासिन्दा रहेका बताइएको छ। पुलिस सूत्रअनुसार पक्राउ परेकाहरू जङ्क्शन क्षेत्रबाट दक्षिण बङ्गालतर्फ जाने बसको प्रतीक्षामा थिए। पक्राउ परेकाहरूलाई मङ्गलवार सिलगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ।
40 किलो गाजासहित चार पक्राउ
