वन विभागले सिलगढीको फराबादी नेपाली बस्ती क्षेत्रमा अवैध निर्माणविरुद्ध अभियान चलायो। यो अवैध अतिक्रमण मुक्त गर्न वन विभाग बैकुन्थपुर डिभिजनको डबग्राम रेन्जले अभियान चलाएको थियो । वन विभागको जग्गामा अवैध रुपमा दुईतले घर निर्माण भएको खुलेको छ ।केही महिनाअघि वन विभागले घर भत्काउन सूचना जारी गरे पनि घरधनी डीभी क्षेत्रीले पनि ध्यान दिएनन् । अन्ततः वन विभागले अवैध निर्माणविरुद्ध अभियान थालेको छ । वन विभागका डीएफओलगायत उच्च पदस्थ अधिकारीको उपस्थितिमा घर भत्काइएको हो । घरधनीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ ।