महिला सुरक्षाका लागि राजगञ्जमा ‘विशेष महिला प्रहरीले’ गस्ती गर्ने भएको छ

जलपाईगुडी (न्युज एशिया) । महिलाको सुरक्षाका लागि ‘विशेष महिला प्रहरी बल’ स्थापना गरिएको छ । बिहीबार बिहान यो बल राजगञ्जको भुटकीर हाट क्षेत्रमा गस्ती गरिरहेको देखियो। राजगञ्ज प्रहरी चौकीमा ७ जना महिला प्रहरी छन् । यो फोर्सकी प्रमुख ममता तामाङ हुन् ।

 यो महिला प्रहरी बलले महिला तथा बालबालिकाको सुरक्षाका लागि काम गर्नेछ ।यो विशेष बलले दिनरात नियमित गस्ती गर्ने जनाएको छ । साथै, हेल्पलाइन नम्बर ११२ पनि सुरु गरिएको छ। यो नम्बरमा पनि उजुरी गर्न सकिनेछ।

महिला प्रहरी बलले हेल्पलाइन नम्बरमा उजुरी आएमा तत्काल कारबाही गर्ने प्रहरी स्रोतका अनुसार महिलाको सुरक्षालाई थप जोड दिन यो बल गठन गरिएको हो । महत्वपूर्ण स्थानमा महिला गस्ती गर्ने प्रहरीको पहललाई सर्वसाधारणले प्रशंसा गरिरहेका छन् ।