केरलको बाढ़ी र पैहोमा २१ मरे बङ्गालमा मुसलधारे वर्षाको पूर्वानुमान

दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, अलिपुरद्वारलगायत उत्तर बङ्गालका जिल्लाहरूमा सोमवार मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। अलिपुर मौसम विज्ञान विभागले जनाए अनुसार उत्तर बङ्गालका जिल्लाहरूमा मङ्गलवार वृष्टिको परिमाण अझ बढ़ने सम्भावना छ । उत्तर बङ्गालका कोचबिहार, मालदा र दुवै दिनाजपुर जिल्लामा अत्यधिक वर्षाको पूर्वानुमान गरिएको छ । जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा बुधवार पनि पानी पर्नेछ । दक्षिण बङ्गालका कलकत्तालगायत क्षेत्रहरूमा शनिवारदेखि नै पानी परिरहेको छ। आइतवार बिहानदेखि घाम लागे पनि दिन छिपिदै जाँदा आकाश कालो बादलले ढाकिँदै गयो अनि मध्याहदेखि कलकत्तालगायत विभिन्न ठाउँमा वर्षा भयो। मौसम विज्ञान विभागले जनाएअनुसार कलकत्ता र संलग्न क्षेत्रहरूमा सोम बार पनि ३०-४० किलोमिटर प्रति घण्टाको वेगले हावा चल्नेछ कलकत्ताबाहेक दक्षिण चौबीस परगना अनि पूर्व मिदनापुर जिल्लामा पनि पानी पर्नेछ आउँदो बुधवारसम्म नै दक्षिण चौबीस परगना र पूर्व मिदनापुर जिल्ला अनि कलकत्ता, हाउड़ा, हुगली, उत्तर चौबीस परगना र पश्चिम मिदनापुरमा सामान्यदेखि अधिक मुसलधारे वर्षा हुनेछ।

तिरुवनन्तपुरम केरलको दक्षिण अनि म ध्य भागमा मुसलधारे वर्षाले गर्दा धेरै ठाउँमा बाढ़ी अनि पैहोले अहिलेसम्म कम्तीमा २१ जनाको मृत्यु भइसकेको छ अनि दर्जनों अन्य बेपत्ता बनेका छन् । मुसलधारे वर्षाको कारण उत्पन्न भयावह स्थितिलाई ध्यानमा राख्दै राज्य सरकारले राहत र बचाउ कार्यको निम्ति सेनासमक्ष सहयोगको अनुरोध गरेको छ। देशका यस दक्षिणी राज्यमा वर्षाजनित घटनाहरूमा सैकड़ौँ मानिसहरू घाइते अनि हजारौँ विस्थापित भएका छन्।

राज्यका धेरैजसो बाँध आफ्नो पूर्ण क्षमताले भरिसकेका छन् अनि पैहोको कारण पहाड़का विभिन्न ठाउँमा रहेका ससाना गाउँहरू देशका रहल भागसँग सम्पर्कविहीन बनेका छन्। कोट्टयम, इडुकी अनि पथनमथिट्टा जिल्लाका पहाड़ी क्षेत्रको स्थिति सन् २०१८ अनि २०१९ को विनाशकारी बाढीको अवधि झैं भएको छ। यद्यपि अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको अनि भयभीत हुने कुनै आवश्यकता नरहेको बताएका छन्। राज्य पुलिस अनि अग्निशमन विभागको राहत दल बाढ़ी अनि प्रतिकूल मौसमको कारणले प्रभावित क्षेत्रहरूसम्म पुग्न सकिरहेका छैनन्। केरलका मुख्यमन्त्री पिनराई विजयनले भनेअनुसार स्थिति गम्भीर छ। यसको साथै तिनले भनेअनुसार नवीनतम मौसम पूर्वानुमानले सङ्केत दिएअनुसार स्थिति अब यसभन्दा प्रतिकूल हुने छैन । अधिकारीहरूले बताए अनुसार थल सेना, वायु सेना अनि नौ सेनाका जवान कोट्टयमको कूट्टीकल अनि इड्कीको पेरुवनथानम पहाड़ी गाउँ पुगेका छन् । यी दुवै ठाउँमा नदीले दर्जनौं घरहरू बगाएर लग्यो अनि सैकड़ों विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *